पोखराको न्यूरोडमा अवस्थित लक्ष्मी आवासीय माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । बिद्यालयले आईतबार एक कार्यक्रम गरि ३६ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले निजी विद्यालयहरुले शिक्षा क्षेत्रको विकासको लागि अतुलनीय योगदान गरेको भन्दै विद्यालयले मात्रै नभई अभिभावकहरुले पनि विद्यार्थीहरुलाई व्यवहारीक तथा संस्कार युक्त बनाउनको लागि विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी नगेन्द्र राज पौडेलले स्थापनाकाल देखि अहिले सम्म विद्यालयको गतिबिधि आफूले नजिकबाट नियालेको बताउँदै विद्यालयले प्रदान गरेको व्यवहारिक शिक्षा बाट आफू प्रभावित भएको उल्लेख गरे ।
सो अवसरमा विद्यालयका प्राचार्य शालिकराम अधिकारीले विद्यालयको वर्तमान गतिविधिका साथै आगामी कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
विद्यालयको संस्थापक निर्देशक लिलावती प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व शिक्षिका रमा पौडेल, अभिभावकको तर्फबाट डा. निभा अमात्य, चाटर्ड एकाउन्टेन्ट तथा प्रिज्म एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक अमित थापाको लगायतले बोलेका थिए । विद्यालयका सह–प्राचार्य तथा कार्यक्रम संयोजक नवराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा संस्थापक सदस्य मित्रलाल पौडेलले धन्यवाद मन्तब्य राखेका थिए ।
कार्यक्रममा विद्यालयले शैक्षिक सत्र २०७७ र २०७८ को शैक्षिक तथा अतिरिक्त क्रियाकलपमा प्रथम, द्वितीय र तृतीय हुने छात्रा छात्रहरुलाई पुरस्कार तथा मेडल वितरण गरिएको बिद्यालयले जनाएको छ । सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’