पोखरा । नेपाल दशनामी समाज अन्तरगतको नेपाल दशनामी युवा समिति गण्डकी प्रदेश र कास्की जिल्लाको दोस्रो अधिवेशन मंगलबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट गण्डकी प्रदेशमा सुर्य गिरीको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छभने सरस्वती पुरीको नेतृत्वमा कास्की जिल्लाको कार्यसमिति निर्वाचित भएको छ ।
दशनामी युवा समिति गण्डकी प्रदेशको उपाध्यक्षमा कञ्चन गिरी (नवलपुर) महिला उपाध्यक्षमा शर्मिला गिरी (पर्वत), सचिवमा राजु गिरी (कास्की) र सहसचिवमा गौरब गिरी (स्याङजा) निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने तनहुँ जिल्लाबाट एक जना मनोनयन गरिनेछ । त्यस्तै सदस्यहरुमा सुरज गिरी (कास्की), विज्ञान पुरी (पर्वत), मुक्त गिरी (कास्की), दिब्यराज गिरी, सुस्मिता गिरी (लमजुङ, महादेव गिरी (कास्की) र अनिष गिरी (पर्वत) निर्वाचित भएका छन् । प्रदेशका अन्य जिल्लाबाट सदस्यमा मनोनयन गरिनेछ ।
त्यस्तै मंगलबार नै भएको कास्की जिल्लाको अधिवेशनबाट उपाध्यक्षमा दिपक गिरी, महिला उपाध्यक्षमा अञ्जली गिरी, सचिवमा सन्देश गिरी, कोषाध्यक्षमा सिम्रन गिरी, सहसचिवमा गंगा गिरी र सदस्यमा कामना गिरी, कृष्ण गिरी, शिव गिरी, अर्जुन गिरी निर्वाचित भएका छन् ।
अधिवेशन अघि भएको उद्घाटन सत्रमा दशनामी समाजका केन्द्रीय उपाध्यक्षद्वय तारा गिरी र सरस्वती गिरी, दशनामी महिला समितिकी केन्द्रीय उपाध्यक्ष शारदा गिरी, दशनामी युवा समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, दशनामी समाज कास्कीका अध्यक्ष हिरा गिरी, दशनामी समाज कास्कीका पूर्व अध्यक्ष जगत मोहन गिरी, दशनामी महिला समिति कास्कीकी अध्यक्ष सपना गिरीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
मनोज गिरीको सभाध्यक्षमा सम्पन्न अधिवेशनमा सरस्वती पुरीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन प्रेम गिरीले गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’