पोखरा । पोखरा भ्यू पोइन्टमा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमबाट ५६ यूनिट रगत संकलन भएको छ । “रक्तदान जीवनदान जीवनदान महादान” भन्ने मुल आर्दशबाट अभिप्रेरित भई भ्यू पोइन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य आयोजना तथा पोखरा भ्यू पोइन्ट क्लवको सह-आयोजना र नेपाल रेडक्रस सोसाइटी पोखरा २२ उपशाखाको समन्वयमा बुधबार पोखरा भ्यू पोइन्टमा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा ११ जना महिला सहित ५६ जनाले रक्तदान गरेको सहकारीले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष हिमलाल बरालले पहिलो रक्तदाता द्धय गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल र सहकारीका अध्यक्ष मात्रिका प्रसाद बराललाई व्लड व्याग हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले सहकारीको समन्वयमा विभिन्न संघ संस्थाले रक्तदान जस्तो पवित्र कार्य गर्नु निकै प्रशंसनिय भएको बताए । रगतको विकल्पमा हालसम्म कुनै औषधि तथा बस्तु उत्पादन नभएकोले उमेर पुगेका युवाहरुले रक्तदान नियमित रुपमा गर्न अध्यक्ष बरालको सुझाव थियो ।
सहकारीले सामाजिक उत्तरदाहित्व अन्र्तगत राष्ट्रिय सहकारी दिवसको पूर्व अवसरमा उक्त कार्यक्रम गरिएको बताउदै अध्यक्ष बरालले आगामी बर्षमा पुनः निरन्तर रुपमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको बताए । उक्त कार्यक्रममा क्षेत्रिय रंक्त संचार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन