पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नं. ९ स्थित भूमे आधारभूत विद्यालय सुदामे र श्री भगवती माध्यमिक विद्यालय तिखेढुङ्गाका विद्यार्थीलाई डिजी युनिभर्सिटीका अध्यक्ष हुङ्ग लिले स्कुल व्याग र अभिभावकलाई बाख्रा वितरण गरेका छन् ।
डिजी युनिभर्सिटी कोरियाका अध्यक्षले सरकारी विद्यालयमा पढ्ने ग्रामीण क्षेत्रका विद्यार्थीको पढाइलाई निरन्तरता दिने उद्धेश्यले सहयोग गर्दा पाएको स्वागत नै आफ्ना लागि पुरस्कार भएको बताए । लिले थपे, हामी पनि कोरियाका विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई स्वागत गर्न र सघाउन प्रतिवद्ध छौं ।
युनिभर्सिटीको अभियान विभाग र पाककला विभागका प्रमुख हुङ गो लि, ज्याङ जिओन लि, मुन जुङ चोइ, हुङ इयुन जोङले आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर गरि रहने जानकारी दिए ।
कोरियाली टिमले भूमे आधारभूत विद्यालय सुदामेका विद्यार्थीलाई ९० वटा स्कुल व्याग र २० वटा माऊबाख्रा वितरण गरेको थियो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पुप्षा पुनले बाख्रावितरणले विद्यार्थीको शैक्षिक खर्च पूरा हुने बताइन् । अभिभावकले पाएको बाख्रा र विद्यार्थीको शैक्षिक सामग्री यथोचित सदुपयोग हुने प्रधानाध्यापक तेज शर्माले जानकारी दिए ।
कोरियाली टिमले भगवती माध्यमिक विद्यालय तिखेढुङ्गाका विद्यार्थीलाई २ सय वटा स्कुल व्याग र अभिभावकलाई ६० वटा माऊबाख्रा वितरण गरेको थियो । अर्थ समितिका संयोजक मेजर हितमान गुरुङले स्वयम्सेवी प्राध्यापक एवम् कला शिक्षक किमका कारण विद्यालयले सहयोग पाएको बताए ।
गुरुङले भने, भिजिट भिसामा नेपाल आउजाउ गर्ने किमले नेपाली विद्यार्थीलाई कला सिकाए । अन्नपूर्ण ड्रोइङ ड्रिम टिमका विद्यार्थीलाई श्री भगवती स्कुलको ३ मिटर उचाई र ३० मिटर लम्बाईको पर्खालमा सामूहिक चित्र बनाएर नेपाल कै ठूलो कला निर्माण गर्न लगाए ।
‘खसीले मसी’ हुन्छ भन्ने सन्देश दिन, विपन्न विद्यार्थीको पढाइ लेखाइलाई सहयोग गर्न माऊबाख्रा वितरण, जाडोमा विद्यार्थीलाई न्यानो कपडा, विद्यालय पोशाख र शैक्षिक सामाग्रीमा वर्षेनी सघाउँदै आएका किमले सहयोगका लागि सहजीकरण गर्दै आएका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन