पोखरा मल्टिमाेडल क्याम्पस तथा पोखरा क्रियटिभ इङलिस स्कुल पोखरा ८ सिर्जनाचोकको २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बिहीबार भएको छ । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले समारोह उद्घाटन गर्दै संघीयता कार्यान्वयनको ५ वर्ष पूरा हुँदासमेत संघीय शिक्षा ऐन आउन नसक्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।
‘अहिलेसम्म शिक्षा ऐन नहुँदा सबै शैक्षिक कार्यक्रम दिशाहीन भएका छन्,’ कुलपति गुरुङले भने, ‘शिक्षा क्षेत्रका सरोकारवाला सबै मिलेर शिक्षा ऐन जारी गर्न दबाब दिन आवश्यक छ ।’ कुलपति गुरुङले संघीय शिक्षा ऐनसँगै उच्च शिक्षा ऐन पनि ल्याउनुपर्ने बताए । उनले शिक्षा सम्बन्धी ऐन कानुन निर्माण गर्ने सवाललाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन सरोकारावालालाई सुझाव दिए ।
किताबमात्र पढेर गुणस्तरीय शिक्षा हासिल गर्न नसकिने तर्क गर्दै कुलपति गुरुङले विद्यार्थीमा अतिरिक्त क्रियाकलापका अलवा बोल्ने, प्रश्न गर्ने तथा विचार राख्न सक्ने क्षमताको विकास हुनुपर्ने उल्लेख गरे । उनले आमा पहिलो शिक्षक तथा घरपरिवार पहिलो विद्यालय भएकाले बालबालिकाको शिक्षामा अभिभावक जिम्मेवार बन्नुपर्ने सुझाव दिए ।

पोखरा मल्टी मोडल क्याम्पसका प्रमुख कृष्ण केसीले जीवनोपयोगी शिक्षा तथा व्यवहारिक सिकाईमा जोड दिएको जानकारी दिए । स्कुलका प्रिन्सिपल रामचन्द्र शर्माले विद्यार्थीलाई कपडामा आइरन लगाउने, जुत्ता पोलिस लगाउने सीप सिकाएको बताए ।
पोखरा मल्टी मोडल मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्दकुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रालिका अध्यक्ष राजकुमार गिरी, पोखरा मल्टिमोडल प्रालिका उपाध्यक्ष प्राडा यदुनन्दन उपाध्याय, प्रबन्ध निर्देशक पदमपाणि देवकोटा, पोखरा क्रियटिभ इङ्लिस स्कुल व्यवस्थापन समिति अध्यक्ष पदमराज पहारी लगायतले शिक्षाको महत्वबारे बोलेका थिए ।
समारोहमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई मेडल पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक प्रस्तुति राखेका थिए । शिक्षक विपिनविक्रम शाहीले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर
स्याङ्जाका दुई पालिकाको फरक अभ्यास: आइतबार पनि विद्यालय खुल्ने
कम विद्यार्थी भएपछि भीरकोटमा विद्यालय संरचना फेरबदल
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
यो पनि पढौँ
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए