स्ववियु निर्वाचनको प्रक्रिया आजदेखि सुरू

स्ववियु निर्वाचनको प्रक्रिया आजदेखि सुरू

TU

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आज शुक्रबारदेखि सुरु हुँदैछ ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियुको निर्वाचनको प्रक्रिया शुक्रबारदेखि सुरु गर्न लागेको हो । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार दिउँसो ३ बजेभित्र दर्ता गर्नु पर्ने भएको छ  ।

यहि फागुन २१ गते मतदाता नामावली प्रकाशन हुने विश्वविद्यालयले जनाएको छ । नामावलीमा फागुन २५ गते दिउँसो १ बजेभित्रमा दावी विरोध गर्न पाइने भएको छ ।

दावी विरोधमाथि छानविन गरेर सोही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका समेत तय गरिएको छ ।

आउँदो चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुँदैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ