काठमाडौं । एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले बृहद् शान्ति सम्झौता विरुद्धको हर्कत जारी रहे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै मोर्चाले यस्तो चेतावनी दिएको हो । केही दिनयता जनयुद्धलाई अपराधीकरण गर्दै नागरिकको अधिकार कुण्ठित गर्न खोजेको मोर्चाको आरोप छ ।
मोर्चाका संयोजक सुर्यमान दोङ लालध्वजद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको युगमा ल्याई पु¥याउने महान् जनयुद्धलाई गर्ववोध गर्नुको साटो ‘अपराधीकरण’गर्न खोज्ने दुस्साहस भइरहेको छ । जनयुद्धलाई अपराधीकरण गर्न खोज्ने प्रतिगामीहरुले मुलुकलाई फेरि अध्याँरो सुरुङतर्फ धकेल्न खोजेका छन्, यस्तो प्रतिगामी कदमको डटेर सामना गर्न आम जनसमुदायमा विशेष अपिल गर्दछौँ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुख्य निशाना बनाई प्राप्त उपलब्धिलाई उल्ट्याउने गरी भइरहेको षड्यन्त्र र जालझेल आफूहरुलाई स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख छ । ‘राजतन्त्रको अध्याँरो युगमा नागरिकलाई रैती बनाएर नागरिकको अधिकार कुण्ठित गरेकाहरु अहिले सल्बलाएका छन् भन्ने हाम्रो निष्कर्ष छ’ विज्ञप्तिको अन्तिममा लेखिएको छ, ‘बृहद् शान्ति सम्झौताको विरुद्धका हर्कतहरु जारी रहे कडा संघर्षका कार्यक्रमहरु घोषणा गरी प्रतिवादमा उत्रिने चेतावनी दिन चाहन्छौँ ।’
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’