मोरङ। सहकारी संस्थाबाट रकम ठगी गरेको आरोपमा प्रहरीले संस्थाका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका -२ स्थित तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम ठगी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उक्त सहकारी संस्थाका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा क्षेत्रिय प्रबन्धक विराटनगर -२ बस्ने मन्दिप खवास, संस्थाका उपाध्यक्ष उर्लाबारी नगरपालिका -६ घर भएकी अनिता गौतम र संस्थाका सचिव झापा भद्रपुर -१४ घर भई हाल विराटनगर – ३ बस्ने सविना न्यौपाने रहेका छन् ।
प्रहरीका अनुसार २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय विराटनगर -२ मा रहेको र यही फागुन १ गतेदेखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उक्त संस्थाले विभिन्न शिर्षकको बचत खातामा रहेको रकम, संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको ठुलो रकम हिनामिना गरी कार्यालय बन्द गरेर सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन हुँदै आएका थिए ।
सञ्चालकहरु नै फरार भए पश्चात आफूहरु ठगीमा परेको भन्दै फागुन २८ गते केही बचत कर्ताहरुले १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रूपैया बराबरको रकम ठगी भएको भनि संस्थामा कार्यरत ८ जनाको बिरुद्धमा जाहेरी दिएको र सोही जाहेरीको आधारमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य ५ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु