पोखरा । पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा दुईजना सहप्राचार्य नियुक्त भएका छन् । संस्थाको आन्तरिक प्रतिस्पर्धाबाट छनोट भई वीरसिंह बूढा र प्रभास पौडेल विद्यालयको नयाँ सहप्राचार्यका रूपमा नियुक्त भएका हुन् ।
विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्राचार्य चूडामणि सुवेदीले नवनियुक्त सहप्राचार्यद्वयलाई संयुक्त रूपमा अबिर, खादा र पुष्पगुच्छासहित बधाई ज्ञापन गरे ।
नवनियुक्त प्राचार्य बूढा दुई दशक तथा पौडेल विगत डेढ दशकदेखि एसओएस स्कुल गण्डकीको शिक्षकका रूपमा कार्यरत थिए । यसअघि दुवै जनाले विद्यालयको मध्यम व्यवस्थापनमा रही कार्य गरिसकेका छन् ।
नवनियुक्त सहप्राचार्यहरूको घोषणासभामा मन्तव्य राख्दै विद्यालयका प्राचार्य चूडामणि सुवेदीले शैक्षिक क्षेत्रमा गरिमामय इतिहास बोकेको संस्था आगामी दिनमा दुई नयाँ ऊर्जाशील सहप्राचार्यहरूको नियुक्तिसँगै उत्कृष्टताको यात्रामा थप अग्रसर हुने बताए । शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकीका अध्यक्ष टीकाराम सुवेदीले शैक्षिक यात्राका क्रममा आउने चुनौतीहरूलाई पन्छाउँदै नवनियुक्त सहप्रचार्यहरूसँग सहकार्य गरी अगाडि बढ्ने कार्यमा युनियनको सदैव साथ र सहयोगरहने विश्वास दिलाए ।
सहप्राचार्यको नयाँ जिम्मेवारीले दायित्व थपिएको बताउँदै नवनियुक्त सहप्रचार्य वीरसिंह बूढाले संस्थाको वृहत्तर हित र विद्यार्थीको सर्वाङ्गीण समुन्नतिका लागि आफू दत्तचित्त भएर लाग्ने बताए । अर्का नवनियुक्त सहप्राचार्य प्रभास पौडेलले सहकर्मी शिक्षक र विद्यार्थीहरूसँग सहकार्य गरी अगाडि बढ्न आफू सदैव तत्पर भएर लागिपर्ने धारणा राखे ।
नवनियुक्त सहप्राचार्यहरूलाई बधाई ज्ञापन गर्दै एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले लामो समयदेखि एसओएसमा कार्यरत दुई ऊर्जावान् शिक्षक साथीहरूलाई विद्यालयको नयाँ सहप्राचार्यका रूपमा पाउँदा आफू निकै हर्षित भएको बताउँदै नवनियुक्त सहप्रचार्यहरूले बालबालिकाको सर्वाङ्गीण समुन्नतिका लागि कार्य गर्ने विश्वास व्यक्त गरे । नवनियुक्त सहप्राचार्यलाई विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले समेत अबिर र खादासहित बधाई ज्ञापन गरेका थिए ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो