आज नेपाली कांग्रेस छोडेको घोषणा गरेका डा. स्वर्णिम वाग्ले आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा तनहुँको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बन्ने भएका छन् ।
उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न लागेका हुन् । रास्वपाका नेता अरनिको पाण्डेले सामाजिक सञ्जाल ट्वटीरमा लेख्दै रास्वपाबाट वाग्ले उम्मेदवार बन्न लागेको उल्लेख गरेका छन् ।
कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने भएपछि वाग्लेले टिकट नपाएका हुन् । आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।
देउवा-आरजुको हेपाई सहन नसकेको भन्दै छाडे कांग्रेस
अर्थविद् तथा नेपाली कांग्रेसका नेता वाग्लेले नेपाली कांग्रेसका नेताहरुलाई पत्र लेखेर पार्टी छाडेको जानकारी दिएका हुन् । देउवा–आरजु गिरोहको निरन्तर हेपाई र अपमानले पार्टी छाड्न बाध्य भएको उनले पत्रमा उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’ को प्रयोगमा जान चाहे । यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ ।’
कांग्रेस पार्टीमा निर्णयक हैसियत बनेको दिन फेरी जोडिने बताउँदै उनले पत्रमा भनेका छन्, ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’
केही महिनाअघि भएको चुनावमा उनले उम्मेदवारी दिने तयारी गरेका थिए । तर, कांग्रेसले वाग्लेलाई टिकट दिएन । त्यसयता उनले कांग्रेस बाट बाहिरिने र अन्यउ पार्टीसँग साँठगाँठ गर्ने आन्तरिक रुपमा गरिरहेको चर्चा चलेको समेत थियो ।

सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो