पोखरा । पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीना र पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली एकै मञ्चमा सम्मानित भएका छन् ।
सराङकोट स्थित सौरेखोला चौरपाखा मोटर बाटो निर्माण समितिले वडाध्यक्ष द्वय तिमिल्सीना र पराजुलीलाई बाटो निर्माणमा महत्वपूर्ण सहयोग पुर्याएको भन्दै दोसल्ला तथा सम्मानपत्रले सम्मानीत गरेको हो।
शनिबार आज आयोजित बाटो स्तरउन्नती कार्यको आयव्यय सार्वजनिक, सम्मान एवम् छलफल कार्यक्रमका बीच वडाध्यक्ष द्वय सम्मानित भएका हुन् ।
सम्मान पछि धारणा राख्दैपोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले ओझेलमा परेका सडकहरुको स्तरउन्नतीमा वडाको ध्यान गएको उल्लेख गर्दै आगामि ४ वर्षमा सडक स्तरउन्नतीमा छलाङ मार्ने बताए । उनले पोखरा हेर्नका लागि सराङकोट उक्लनु पर्ने स्पष्ट पार्दैचौर हुँदै मेथलाङ पर्यटन पदमार्ग निर्माण गर्न वडा सकारात्मक रहेको पनि जनाए ।
पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले भौगोलिक विकटता भएका वडामा महानगरले प्राथमिकता दिनुपर्ने भन्दै विकास निरन्तर चल्ने प्रक्रिया भएको औँल्याए।
त्यस अवसरमा पोखरा १८ का वडा सदस्य द्वय नमराज सुवेदी र कल्पना ढकाल क्षेत्री, बाटो निर्माण समितिका अध्यक्ष श्रीभद्र पौडेल, सचिव माया अधिकारी, सल्लाहकार टंकप्रसाद अधिकारी, अनुगमन समितिका सदस्य हरिश्चन्द्र अधिकारी, कोषाध्यक्ष इन्द्रबहादुर केसी लगायतले सडकको महत्व माथि प्रकाश पारे ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ