काठमाडौं । नेविसंघको असन्तुष्ट समूहले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशन थालेको छ ।
अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै असन्तुष्ट पक्ष अनशन बसेको हो ।
अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने र उनको म्याद सकिइसकेकाले नयाँ कमिटी गठन गर्नुपर्ने लगायत माग राख्दै असन्तुष्ट पक्षले शनिबारदेखि रिले अनशन सुरु गरेको हो ।
पहिलो दिन निश्चल महर्जन र अंशुल केसी अनशनमा बसेका थिए । केसीले रिले अनशनबाट पनि माग सम्बोधन नभए आमरण अनशन बस्ने चेतावनी दिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्षअघि शेर्पालाई नेविसंघ अध्यक्षमा मनोनीत गरेका थिए । नियुक्तिका क्रममा स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो । तोकिएको समयावधिभित्र पनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ ।
अध्यक्ष शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा मनोज डंगोललाई मनोनित गरेका थिए । साथै त्रिभुवन विश्वविद्यालय समन्वय समितिको अध्यक्ष पदमा तीन जनालाई मनोनित गरिएको पत्र सार्वजनिक भएको थियो ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’