पोखरा। नेकपा एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आयआर्जनसँग जोडिनुपर्नेमा जोड दिएकी छन्। नेकपा एमालेको ग्रास रुट अभियान अन्र्तगत अखिल नेपाल महिला संघ पोखरा महानगरपालिका वडा नम्वर १९ ले मंगलबार आयोजना गरेको उद्घोषण तालिमको समापन कार्यक्रममा बोल्दै समाजमा स्थापित हुन आर्थिक रुपमा सक्षम र बलियो हुनका लागि आयआर्जनसँग जोडिनुपर्ने बताइन्।
उनले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले उपमेयरसंग महिला कार्यक्रम ल्याएको बताउदै उक्त कार्यक्रम मार्फत उद्यमी बन्न आग्रह गरिन्। उनले आर्थिक, सामाजिक र राजनीतिक रुपमा स्थापित हुन आर्थिकले भुमिका खेल्ने भएकाले रोजगार बन्नुपर्ने खाँचो औल्याइन्। उनले नेपाली प्रगतिशिल महिलाहरुको साँझा संस्थाको रुपमा अनेमसंघ रहेको बताउदै यसमा सहभागी हुन अनुरोध गरिन्। नेपाली महिला आन्दोलनको अगुवा संगठन भएकाले महिलाहरुलाई संगठित गदै अन्याय र अत्याचारका विरुद्धमा आवाज बुलन्द्ध पार्नुपर्ने खाँचो औल्याइन्।
उनले अनेमसंघको गठन पोखरा १९ बाटै भएको भन्दै यहाँका महिलाहरु जागरुक रहेको बताइन्। नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले ग्रास रुट अभियानले एमालेलाई बलियो बनाउदै पहिलो शक्तिका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए। अनेमसंघ पोखरा १९ का अध्यक्ष हेमा केसीको अध्यतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुनिता बास्तोलाले गरेको एमाले १९ का सचिव विकास गौतमले जानकारी दिइन्। उद्घोषण कलाको तालिमको प्रशिक्षकको रुपमा पत्रकार जमुना वर्षा शर्मा रहेकी थिइन्।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन