पोखरा । नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङको सिफारिसमा लमजुङमा आर्थिक वर्ष २०७९/०८० का लागि विभिन्न योजना छनौट भएको छ ।
डा. गुरुङको निर्वाचन क्षेत्र समेत रहेको प्रदेश सभा ‘क’ मा विभिन्न ११ योजना छनौट भएको हो । तमु (गुरुङ) संग्रहालय, पर्यटन पूर्वाधार दूधपोखरी गाउँपालिका २ भुम्लीचोकमा ५० लाख, कोल्की भञ्ज्याङ मोटरबाटो मर्मत कार्य (ग्याभिन कार्य) दूधपोखरी गाउँपालिका ५ कोल्कीमा २० लाख, क्षेत्रीय खेल मैदान निर्माण कार्य गौलीटार राइनास नगरपालिका ६ धमिलिकुवामा २० लाख रुपैयाँ विनियोजन भएको छ ।
यस्तै, शैलपुत्री नमून मावि (खेल मैदान कम्पाउण्ड र पुस्तकालय) राइनास नगरपालिका ६ धमिलिकुवामा २० लाख, कुडुँले सामुदायिक भवन राइनास नगरपालिका ९ कुडुँले १५ लाख, कोयोँ टोल सामुदायिक भवन दोर्दी गाउँपालिका ८ बन्सारमा २० लाख, कर्म टासी छैलिङ खसु गुम्बा बेसीशहर नगरपालिका १० खासुरमा १० लाख, बाघेता खेल मैदान मस्र्याङ्दी गाउँपालिका ४ ताघ्रिङ रामबजारमा २० लाख, सम्बा छ्योइलिङ गुम्बा (पाहुना घर निर्माण) मस्र्याङ्दी गाउँपालिका २ घनपोखरामा १० लाख र थारचौर देखी बेसीशहर नगरपालिका–११ कार्कीडाँडासम्मको सडक स्तरोन्नती कार्य बेसीशहर नगरपालिका १०–११ मा १५ लाख रुपैयाँ विनियोजन भएको डाक्टर गुरुङले जानकारी दिनुभयो ।
यस्तै, प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक कृषि सडक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र लमजुङको परामर्शमा दोर्दी गाउँपालिका–१ बेलघारी भारते– लाकुरीभञ्ज्याङ सडक स्तरोन्नती कार्यका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ ।
गुणस्तरीय र प्रभावकारी रुपमा छनौटमा परेका योजनाहरुको कार्यान्वयनका लागि गण्डकी प्रदेश सभा सदस्य डा. गुरुङले आग्रह गर्नुभएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो