पोखरा । नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङको सिफारिसमा लमजुङमा आर्थिक वर्ष २०७९/०८० का लागि विभिन्न योजना छनौट भएको छ ।
डा. गुरुङको निर्वाचन क्षेत्र समेत रहेको प्रदेश सभा ‘क’ मा विभिन्न ११ योजना छनौट भएको हो । तमु (गुरुङ) संग्रहालय, पर्यटन पूर्वाधार दूधपोखरी गाउँपालिका २ भुम्लीचोकमा ५० लाख, कोल्की भञ्ज्याङ मोटरबाटो मर्मत कार्य (ग्याभिन कार्य) दूधपोखरी गाउँपालिका ५ कोल्कीमा २० लाख, क्षेत्रीय खेल मैदान निर्माण कार्य गौलीटार राइनास नगरपालिका ६ धमिलिकुवामा २० लाख रुपैयाँ विनियोजन भएको छ ।
यस्तै, शैलपुत्री नमून मावि (खेल मैदान कम्पाउण्ड र पुस्तकालय) राइनास नगरपालिका ६ धमिलिकुवामा २० लाख, कुडुँले सामुदायिक भवन राइनास नगरपालिका ९ कुडुँले १५ लाख, कोयोँ टोल सामुदायिक भवन दोर्दी गाउँपालिका ८ बन्सारमा २० लाख, कर्म टासी छैलिङ खसु गुम्बा बेसीशहर नगरपालिका १० खासुरमा १० लाख, बाघेता खेल मैदान मस्र्याङ्दी गाउँपालिका ४ ताघ्रिङ रामबजारमा २० लाख, सम्बा छ्योइलिङ गुम्बा (पाहुना घर निर्माण) मस्र्याङ्दी गाउँपालिका २ घनपोखरामा १० लाख र थारचौर देखी बेसीशहर नगरपालिका–११ कार्कीडाँडासम्मको सडक स्तरोन्नती कार्य बेसीशहर नगरपालिका १०–११ मा १५ लाख रुपैयाँ विनियोजन भएको डाक्टर गुरुङले जानकारी दिनुभयो ।
यस्तै, प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक कृषि सडक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र लमजुङको परामर्शमा दोर्दी गाउँपालिका–१ बेलघारी भारते– लाकुरीभञ्ज्याङ सडक स्तरोन्नती कार्यका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ ।
गुणस्तरीय र प्रभावकारी रुपमा छनौटमा परेका योजनाहरुको कार्यान्वयनका लागि गण्डकी प्रदेश सभा सदस्य डा. गुरुङले आग्रह गर्नुभएको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’