पोखरा । पोखराबाट सेवा शुरु गरेको सेलवेजले पोखरामा थप अर्को शाखाबाट सेवा विस्तार गरेको छ । सन् १९९३ मा पोखराको चिप्लेढुङ्गाबाट सामान्य खाद्यपसलबाट शुरु गरेर सेलवेजले अहिले देशका विभिन्न ठाउँबाट सेवा दिदै आएको छ । अहिले पोखरा १० अमरसिंह चोक थप नयाँ शाखा शुक्रबार देखी सञ्चालनमा ल्याउन लागेको सेलवेज तथा सेल्लबेरी गण्डकी प्रदेशका प्रमुख व्यवस्थापक दयाल गिरीले जानकारी दिए ।
सेलवेजले पोखरा र काठमाडौका विभिन्न ठाउँमाबाट सेवादिदै आएको छ । पोखरामा यो सातौ शाखा हो भने सेलवेयज र सेल्सवेरी काठमाण्डौको समेत गरेर ३१ औ शाखा हो । पोखराको चिप्लेढुङ्गा, लेकसाइड, शान्तिनगर, विरौटा, भद्रकाली र बगरबाट सेवाप्रदानगर्दै आएको छ । अमरसिंहको शाखा सञ्चालनको अवसरमा १० देखी १५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको गिरीले बताए । उनले दैनिक जीवनमा आवश्यक पर्ने खाद्य सामग्रीमा विषेश छुटको व्यवस्था गरीएको भनाई छ । साथै फ्रि होमडेलीभरको पनि व्यवस्था रहेको बताए ।
पोखराको नयाँ शाखामा करिब ४ करोडको लगानीमा सञ्चालनमा आउन लागेको हो । नयाँ शाखाबाट खाद्य सामग्रीका सम्पुर्ण सामानहरु, किचन र घरमा आवश्य पर्ने सामग्रीहरु, स्थानीय उपभोक्ताहरुका लागि होटल तथा रेष्टुरेष्टका लागि आवश्यक सामग्रीहरु राखीएको उनको भनाई छ । खाद्य सामग्री तथा सौन्दर्यका सामग्री र इलोक्टोनिक सामग्रीहरु रहेका छन् ।
सेलवेज र सेल्सबेरी काठमाडौको सातदोबाटो, सितापाइला, महाराजगञ्ज, चक्रपथ, झम्सिखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकनथलि, नयाँबत्ति, पेप्सिकोला, मुलपानी, मैजुबहाल, ककन, सुकेधारा, हात्तिगौडा, धापासी, पुरानो बानेश्वर, मध्येबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर, भैसेपाटीबाट सेवादिदै आएको छ ।
सन् २००४ मा काठमाडौं प्रबेश गरेको सेलवेयज सन् २०१४ बाट सेल्सवेरीको नामबाट पनि सञ्चालनमा आएका छन् । यी दुई कम्पनी सिस्टर कम्पनीका रुपमा सञ्चालनमा छन् । केही समयपछि काठमाडौंको महाराजगञ्जबाट अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न मल सञ्चालनमा ल्याउने तयारीमा छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन