पोखरा । लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, रामघाटले पोखरा–२७, तालचोकमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।
आफ्ना शेयर सदस्यका लागि शनिबार आयोजित तालिममा करिब एक सय जना प्रशिक्षार्थी सहभागी थिए । तालिममा सहकारीको शिक्षा उपसमितिका संयोजक रूद्रबहादुर श्रीसले सहजीकरण गरेका थिए ।
तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नंं. २७ की वडा महिला सदस्य बुद्धिमाया थापाले अहिलेको समयमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता अपरिहार्य रहेको बताए । वित्तीय ज्ञानको अभावमा विभिन्न समस्यामा पर्ने गरेको भन्दै उनले सहकारीका माध्यमबाट उद्यमी बन्ने अवसर प्राप्त गर्न सकिने धारणा राखे । त्यस्तै, सहकारीका अध्यक्ष पूर्णबहादुर रानाले शेयर सदस्यको सशक्तिकरणका लागि वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको बताए । सहकारी शिक्षाले बचत गर्ने बानीको विकास हुने भन्दै उनले आजको बचतले भोलिको समस्या टार्न सकिने भनाइ राखे ।
त्यसैगरी, सहकारी संस्थाका सचिव डिलबहादुर श्रीसले सहकारीका सात सिद्धान्त, ऐन, कानून अनुसार सहकारी सञ्चालन भए कुनै किसिमको समस्या भोग्न नपर्ने बताउनुभयो । उनले सञ्चालक र सहकारीकर्मी सहकारीको मूल्य, मान्यता र मर्म अनुसार चल्नुपर्ने बताए । शेयर सदस्य सुबेदार दिनबहादुर रानाले वित्तीय ज्ञान र जानकारीविना सही तरिकाले आर्थिक क्रियाकलाप सञ्चालन गर्न नसकिने धारणा व्यक्त गरे ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’