पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काईले विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको छ। पोखरा २३ हर्पनमा अवस्थित श्री जनसिद्ध आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको हो।
क्लबले विद्यालयमा अध्ययनरत ४० विद्यार्थीलाई झोला, स्टेसनरी सामान र कपडा सेट गरि ८० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको क्लबका अध्यक्ष कमल सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार उक्त रकम क्लबका सदस्य बैकुण्ठ पौडेलले सहयोग गरेका थिए।
कार्यक्रममा जनसिद्ध आधारभूत विद्यालयकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोक कुमारी क्षेत्रीले क्लबले गरेको कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन्।
त्यस्तै क्लबका संस्थापक अध्यक्ष युवराज पौडेलले संस्थालाई सबैको साथ र सहयोगले नै विगत देखि यस्ता कार्यहरु गर्न सफल भएको बताए। साथै निम्न वर्गीय र सहयोगको आवश्यकता भएकालाई सहयोग गर्नुपर्ने उद्देश्यका साथ ब्लु स्काई स्थापना भएको उनको भनाई थियो।
त्यसैगरि कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने क्लबका सदस्य बैकुण्ठ पौडेललाई क्लबका प्रथम उपाध्यक्ष दिपकराज अधिकारीले आभार व्यक्त गरे।
कार्यक्रममा रामजी पौडेलले गीत गाएर विद्यार्थी तथा अभिभावकलाई मनोरञ्जन गराएका थिए।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन