पोखरा । देशै भरका पहारी बन्धुहरु पोखरामा जम्मा भएका छन् ।
पहारी कुल संरक्षण समिति कास्की पोखराले आज आयोजना गरेको बशांबलि सम्बन्धी कार्यपत्र प्रस्तुत कार्यक्रममा सहभागि हुन पहारी पोखरेल बन्धुहरु पोखरामा भेला भएका हुन् ।
भेलाले पहारीहरुको बशंको रुपमा पानी पोखरेलहरु सगँ जोडिन गएको बारेमा बंशावलिमा उल्लेख भएकोले पहारी र पोखरेलका बारेमा कार्यपत्र द्धारा उजागर गर्ने उद्धेश्यले पहारी पोखरेल बृहत भेलाको आयोजना गरिएको गरिएको हो ।
अध्ययनका क्रममा पहारीहरुको उद्गम थलो दैलेख जिल्लाको दुल्लु भएको पत्ता लागेको छ । त्यहीँबाट पहारीहरु हाल देश तथा विदेशमा समेत बसोबास गर्दै आएका छन् । पोखराको लेकसाइड पहारीहरुको मुख्य बसोबास स्थल हो ।
कार्यक्रमका प्रमुख अतिथि भाषा बैज्ञानिक,लेखक समालोचक तथा प्रध्यापक डाक्टर माधव प्रसाद पोखरेलले कार्यक्रममा प्रकाशित बशांबलिका प्रमाणलाई आधार मान्दा पहारी र पोखरेलका आधि पुरुष एउटै भएको जिकिर गर्दै काशीदास जोशी नै पहारी र पोखरेलहरुका पुर्खा रहेको उल्लेख गरे ।
उनले कुनै पनि बंशाबलि आधार र प्रमाण बिना तयार नहुने बताउदै आफ्ना पुर्खाको थातथलोको बारेमा गहन अध्यन गरे मात्र बंशाबलि प्रकाशित हुने गरेको बताउदै पोखरेलहरुको बंशाबलि जति पुरानो कुनै महाराजाहरुको पनि नभएको ठोकुवा गरे ।
पछिलो समय समाजमा अग्रजहरुको सम्मान हराउदै गएको बेला पहारी बन्धुहरुले कुलपितृको नाममा मन्दिर निर्माण गरेर पुर्खाहरुको बशांबलि प्रकाशन महात्वपूर्ण कार्यको थालनि गरेको बताए ।
कार्यक्रममा पहारी कुल संरक्षण समिति कास्कीका अध्यक्ष गोविन्दराज पहारीले पहिलो पटक पहारी बंशावली तयार भएकामा खुशी व्यक्त गरे ।
प्राडा रामचन्द्र पोखरेलले अवधारणापत्र प्रस्तुत गर्दै पहारी र पोखरेलहरुको वंशाबली अध्ययन अनुसार धेरै कुरा मिल्ने बताए ।
धरानका विष्णुभक्त पोखरेलले कुलको उद्धार गुर्न सबैको कर्तव्य भएको बताए । पोखरेल राष्ट्रिय प्रतिष्ठानका महासचिव फडिराज पोखरेलले पुराना पुस्तालाई एकरुपतामा ल्याउन बंशावलीले सहयोग पुग्ने बताए ।
गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले वंशावली भावी पुस्तालाई समेत अध्ययनका लागि उपयोगी हुने बताइन् ।
कार्यक्रममा गण्डकीका पूर्व सांसद राजीव पहारी, पाल्पाका प्रमोद सिँह पहारी, सिन्धुली पहारी बंशाबलीका कोषाध्यक्ष बेदनाथ पहारी, कुल संरक्षण समितिका सहकोषाध्यक्ष तथा बंशावली प्रकाशन समिति संयोजक प्रेमराज पहारी, सचिव जगतबहादुर पहारीले ठूलो मिहिनेतका साथ बंशावली तयारी सुरु भएकोले सबैले साथ र सहयोग गर्न आग्रह गरे ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो