पोखरा । धेरै नसर्ने रोगका मुहान मानिएका मधुमेह र युरिक एसिडको समस्या नेपालीमा बढिरहेको छ । सँगसँगै अरु नसर्ने रोगबाट पीडितको ग्राफ पनि उकालिँदै छ । मधुमेह र युरिक एसिड सित्तैमा रगतबाट जाँचसहित पूर्वसावधानी र उपचारबारे उपायबारे सोमबार प्रकाश पारिएको छ ।
आयोजक अधिकृत बिक्रेता संघ कास्कीले पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) प्रालिको प्राविधिक सहयोगमा मधुमेह तथा युरिक एसिडसम्बन्धी निशुल्क रक्त जाँच एवं सचेतना कार्यक्रम आयोजना गरेको हो । शिविरमा २ सय ३ जनाको सित्तैमा मधुमेह तथा युरिक एसिडसम्बन्धी रगत जाँच भएको छ । बिहीबार बिहान ७ बजेबाट प्राविधिक पराशर्मसहित सोमबारको जाँचको रिपोर्ट वितरण गरिने युआरएलले जनाएको छ ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतीले निजी लगानीबाट चलेको संस्थाले सचेतना, शिविर जस्ता कार्यक्रममा निरन्तर सहकार्य गर्नु प्रशंसनीय भएको बताए । उनले भने, ‘आज कार्यक्रममा सहभागी हुँदा म आफैंले पनि धेरै उपयोगी कुरा सिकेको छु । रोग लाग्नुभन्दा अघि नै सावधानी अपनाउने र लागिहालेमा उचित उपचार गर्न प्रेरित गर्ने काम सरकारको मात्र होइन, हामी सबैको हो ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले सुगर, युरिक एसिड, प्रेसर जस्ता समस्या सामान्य लागे पनि ती समस्यामा सावधान नभए ज्यानै जान सक्ने औंल्याए । जिम्मेवार मानिसले सकेसम्म रोग लाग्नै नदिने र लागिहाले उचित उपचार गर्नुपर्ने उनको भनाइ छ ।
‘गाउँघरमा रहेका भ्रमको पछि नलाग्नुस् । रोगको शंका लागेमा विशेषज्ञलाई भेट्नुस् । सेल्फ टेस्ट गराउनुहोस् । सुगर, युरिक एसिड, टिजी जस्ता समस्यामा हेलचेक्रयाई गर्दा पछि ज्यानै लिन सक्छन्, यी अरु रोगका मुहान पनि हुन्,’ डा अधिकारी भन्छन्, ‘बेलैमा ध्यान नदिँदा, हेलचेक्रयाइ गर्दा पछि निकै सास्ती पाइन्छ ।’
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलले स्थापनादेखि नै व्यवसाय सँगसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गरे । युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी आयोजना गरेको सोमबारको शिविर १ सय ४८ औं हो ।
अध्यक्ष ठाकुरका अनुसार अहिलेसम्म यस्ता शिविरबाट १ लाख ४८ हजारभन्दा बढीले सित्तैमा सेवा लिइसकेका छन् । ठाकुर भन्छन्, ‘प्रदेशको अग्रणी ल्याब भएकाले सर्वसाधारणसम्म गुणस्तर सेवा पुर्याउन शिविर आयोजना गर्दै आएका छौं । अहिले केन्द्रीय कार्यालयसहित १५ शाखा र ७ नमुना संकलन केन्द्रबाट सेवा दिइरहेका छौं ।’
अधिकृत बिक्रेता संघका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक होमबहादुर राई र कस्मेटिक व्यवसायी संघ कास्की अध्यक्ष दुर्गा बरालले पनि बोलेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह