पोखरा । लक्जम्बरकाका अर्थ तथा विकास मन्त्री फ्रांन्च फायोतले दिदी बहिनी बचाउ, कास्की नेपाल (एसोएस, बहिनी) को भ्रमण गरेका छन् । उनीसहित लक्जमबर्गबाट नेपालको राजदुत पेगी फ्रान्टजेन, ह्युमातरियन कोओपोरेसनको लक्जमबर्गको अध्यक्ष फ्रांन्सो प्रुम र सचिव पिट कासेयरसहितको टोलीले बुधबार एसोएस बहिनीको भ्रमण गरेका हुन् ।
उनीहरुले एसोएस, बहिनीले स्वागत तथा सम्मान गरेको छ । संस्थाकी अध्यक्ष कृष्णकुमारी पहारीले मन्त्री र राजदुतलाई ढाका टोपी र संस्थाकै बालिकाहरुले कोरेर पेन्टिंग प्रदान गरिएको थियो । संस्थाकी आश्रित बालिकाहरुले नृत्य, मन्तव्य तथा कराते प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन बालिका रसिला कार्की र स्नेहा धितालले गरेका थिए । मन्त्री फायोतले संस्था भ्रमण गर्न पाउँदा खुशी, र एकदमै राम्रोसंग व्यवस्था गरेको देख्दा खुशी व्यक्त गरे ।
संस्थालाई गरेको योगदानलाई कदर गर्दै सम्मान गरिएको एसोएस बहिनीकी अध्यक्ष पहारीले बताइन् । ‘उहाँले हाम्रो संस्थालाई सहयोग गरिरहनु भएको थियो । हेर्न आउनुभएको थियो, उहाँलाई योगदानको कदर गर्दै हामीले सम्मान गरेका हौं,’ उनले भनिन्, ‘उहाँहरुले हामीले सञ्चालन गरेको कार्यक्रम, तालिम केन्द्रहरु हेर्नुभयो ।’
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्य, सामाजिक विकास महाशाखाको बाल कल्याण अधिकारी बिष्णुमाया पौडेल, केन्द्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले सहभागी थिए ।
२०६१ सालदेखि देखि बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले समुदायमा एकल महिलालाई रासन दिने, बालबालिका पढाई दिने, गरिबी भएका बालिकालाई शैक्षिक सहयोग गर्दै आइरहेको छ ।
अहिले ८५ जना बालिका र २० वटा एकल महिलाको परिवारलाई रासन दिदैँ आइरहेको छ । बुबाआमा नभएको, भएकोकाको पनि संरक्षण नभएको नानीहरुको क्षेत्रमा काम गर्दै आएको छ । उक्त सस्था महिलाहरुले सञ्चालन गरिरहेका छन् । संस्थाले समुदायमा २० परिवारलाई सहयोग र समुदायको ५० बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिरहेका छ ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु