रास्वपाले सरकारमा सहभागिता नजनाउने, समर्थन पनि फिर्ता लिने

रास्वपाले सरकारमा सहभागिता नजनाउने, समर्थन पनि फिर्ता लिने

Rashtriya-swatantra

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । संसदको चौथो ठूलो दल रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय गरेको हो ।

रास्वपाका धेरैजसो पदाधिकारी तथा सदस्यहरु सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसी जनताको बीचमा जानुपर्ने पक्षमा रहेका थिए । यसअघि रास्वपकाको बैठक सोमबार दुईपटक बसेको थियो ।

सोमबारको बैठकमा आवश्यक निर्णय लिनका लागि ठोस गृहकार्य नपुगेको भन्दै शुक्रबार (आज) फेरि बैठक बसेर निर्णय गर्ने सहमति गरेको थियो । सोमबारको बैठक गर्नुभन्दा अगाडि पार्टी सभापति रवि लामिछानेले नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ