पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसएलसी दिएका भाइबहिनीलाई कम्प्युटर र नेतृत्व विकास तालिम शुरु गरेको छ ।
विद्यार्थी भाइबहिनीका लागि व्यवहारिक जीवनमा अति उपयोगी ९० घण्टे आधारभूत कम्प्युटर र तीन हप्ते उद्घोषण, भाषण तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको हो ।
तालिममा २१ जना विद्यार्थी भाइबहिनी सहभागी रहेका छन् ।
तालिमको शुक्रवार अनुगमन गर्दै क्लबका संस्थापक अध्यक्ष हरि भाटले सन् २०१७ देखि क्लबले पढाऊ अभियान अन्तर्गत हरेक वर्ष एस.एल.सी. दिने भाइबहिनीलाई तालिम सञ्चालन गर्दै आएको बताए ।
उनले क्लबले तालिम सञ्चालनका लागि विभिन्न व्यवसायिक संघसंस्थाबाट कोटेशन लिएर यस पटक गण्डकी हाइटेकसँग सहकार्य गर्न पाउनु क्लबका लागि अवसर सुनौलो अवसर रहेको बताए ।
तालिममा सहभागी भुपेन्द्र गुरुङले आफू पहिला अगाडि गएर बोल्दा जिउ काम्ने, आँखा हेरेर बोल्न नसक्ने समस्या रहेकोमा यो तालिम पाएर आफूलाई निकै खुसी लागेको बताए ।
नुमा गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा शुशांक बास्तोला, निराजन तामाङ, अमृत थापालगायतले आफ्ना अनुभव राखेका थिए ।
अध्यक्षको आसनबाट बोल्दै गण्डकी हाइटेक व्यवहारिक सीप विकास तालिम केन्द्रकी सञ्चालक विद्यादेवी बरालले पोखराको बगरमा रहेकोमा केन्द्रमा विगत १६ वर्षदेखि क्रियाशील प्रशिक्षकद्वारा प्रशिक्षण गराइँदै आएको जानकारी गराइन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन