पोखरा महानगरपालिका, वडा नं. १५ कार्यालयले आफ्ना वडाका २५ जना युवायुवतीलाई बारिष्टा (कफि मेकिङ) तथा बेकरी तालिम दिएको छ । किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा निःशुल्क १५ दिने तालिम मंगलबार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउने उद्देश्यका साथ वडाले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताइन् । उनले भनिन् – ‘प्रशिक्षार्थीका लागि तालिम लाभदायक रहेको विश्वास लिएकी छु । तालिम भन्ने चीज जब व्यवहारमा उतार्छाैं अनि मात्र फलदायी रहन्छ । त्यसैले, व्यवहारमा प्रयोग गर्नुहोला ।’
युवाको बढ्दो विदेश पलायन रोक्नुपर्ने भन्दै उपप्रमुख गुरुङले युवाहरू पनि स्वदेशमै बस्ने मनस्थिति बनाउनुपर्ने र यसको लागि राज्यले पनि युवा केन्द्रित नीति ल्याउनुपर्नेमा जोड दिइन् ।
पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले वडामा रहेका युवा तथा महिलाहरुलाई केन्द्रीत गरी विभिन्न तालिमहरु दिँदै आएको बताए । उनले युवाहरू बेरोजगार भए, विदेशिने क्रम बढे भन्दै यसैलाई मध्येनजर गरी पहिले कपाल काट्ने तालिम आयोजना गरेको र अहिले बारिष्टा तालिम गरिएको बताए ।

प्रशिक्षक मुना राना मगरले १५ दिने सीपमूलक तालिममा सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै सिकेका ज्ञानलाई व्यवहारिक प्रयोगमा ल्याउन आग्रह गरिन् । प्रशिक्षार्थीका तर्फबाट शर्मिला परियारले तालिममा कफीबारे बुझ्न र बनाउन सिकेको बताउँदै अझै लामो कार्यक्रमको अपेक्षा गरिन् ।

तालिममा सहभागी २५ प्रशिक्षार्थीलाई प्रमुख अतिथि उपमेयर गुरुङ, वडाध्यक्ष बानियाँ, प्राविधिक सहयोगकर्ता किङ्ग्स इन्टरनेशनल कलेजका डाइरेक्टर ठाकुरप्रसाद शर्मा, वडा सदस्य मन्दिरा परियार, बलराम पौडेल, सेतीमाया गुरुङ लगायतले सहभागिताको प्रमाणपत्र वितरण गरे ।

सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो