हेमजा । हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रबेश गरेको छ । रेडियोले १० बर्ष अगी आजकै दिनदेखि आफ्नो प्रशारण सेवा शुरु गरेको थियो ।
बि.स २०६९ असार १७ गते सुचना तथा सञ्चार मन्त्रालयबाट १ सय वाट प्रशारण क्षमताको इजाजत पत्र प्राप्त गरि बि.स २०७० जेठ ११ गते शनिवार बिहान ८ बजे रेडियोले औपचारिक प्रशारण सुरु गरेको थियो । ग्रामिण भेगका आम नागरिक समक्ष संचारको माध्यमबाट सुसुचित गराउने उद्देश्यका साथ स्थापित रेडियोले कास्कीका पोखरा महानगरपालिका, माछापुच्छ्रे, रुपा, अन्नपूर्ण तथा मादी गाउँपालिका लगायत गण्डकी प्रदेशका अन्य विभिन्न जिल्लाका नागरिक समक्ष संचारको पहुँच पु¥याएको छ ।
साथै, रेडियोले महिला, दलित, बालबालिका तथा पिछडिएका वर्गलाई कार्यक्रममा समेट्ने गरेको छ भने कृषि, पर्यटन, वातावरण लगायतका विषयलाई प्राथमिकता दिदै आफ्ना कार्यक्रमहरु प्रशारण गर्दै आईरहेको छ ।
रेडियो प्रशारण कालदेखि अहिलेसम्म सामुदायिक रेडियो प्रशारक संघ(सिआईएन) मा आवद्ध रही रेडियोले सिआईएनका समाचार तथा कार्यक्रमहरु पनि प्रशारण गर्दै आईरहेको छ ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग