पोखरा । पोखरामा संयूक्त राष्ट्र संघको नमुना महासभा शुक्रबारबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने पोखरा एमयूएन लेकसाइडमा हुन लागेको हो । युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले आयोजना गर्न लागेको नमुना महासभा १५ जिल्लाका एक सय २० जना सहभागी हुने उल्लेख छ ।
संस्थाका अध्यक्ष रिजन ढुंगानाले कार्यक्रममा सहभागी हुने डेलिगेट र भेन्युका सम्पूर्ण काम शुक्रबार नै पूरा भएको बताए । शुक्रबार बिहान १० बजेबाट सुरु हुने कार्यक्रम १४ गतेसम्म चल्ने ढुंगानाको भनाइ छ । ‘देशभरका १५ जिल्लाबाट १ सय २० जना डेलिगेट कार्यक्रम सहभागी हुँदै हुनुहुन्छ,’ ढुंगानाले भने, ‘नमुना महासभामा पोखराका मेयर प्रमुख अतिथि र अमेरिकन दूतावासबाट एक जना प्रतिनिधि सहभागी हुनुहुनेछ ।’
विश्वले नमुना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ? यसको तयारी कसरी गर्ने लगायत विषयमा महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू प्रस्तुत गर्नेछन् । सहभागीहरुले तीन विषयमा केन्द्रित भएर महासभामा सहभागी हुनुपर्ने अध्यक्ष ढुंगानाको भनाइ छ । उनका अनुसार महासभाका डेलिगेटले आर्थिक मन्दी, फर्जी औषधीका कारण बढ्दै गएको खतराहरु र ई–वेस्टको सुरक्षित डिस्पोजल कसरी व्यवस्थापन गर्ने विषयमा केन्द्रित हुनेछ । सभामा संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्र संघको बारेमा पनि जान्न सकिन्छ ।
सहभागीले अनुसन्धान, सार्वजनिक भाषण, बहस, लेखन र विशेष गरी आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्ने लगायतका विभिन्न प्रक्षेपण समेत प्रस्तुत गर्नेछन् । उनीहरुले शैक्षिक अनुभव मार्फत राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरूको उठाउँछ । यसले साझा सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्न प्लेटफर्महरूमा सामेल गर्ने ढुंगानाको भनाइ छ ।
मोडल युनाइटेड नेसन्स (एमयूएन) अन्र्तगत संयुक्त राष्ट्र संघको कार्यवाहीको एक शैक्षिक अनुकरण हो । यसरी नै छनोट हुँदै युवाहरुले संयुक्त राष्ट्र संघका विभिन्न समितिहरू जस्तै महासभा, सुरक्षा परिषद् आदिमा विभिन्न देशका प्रतिनिधिहरूको भूमिका खेल्छन सक्नेछन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु