काठमाडौंकी २३ वर्षीया श्रीच्छा प्रधान यस वर्षकाे ‘मिस नेपाल वर्ल्ड २०२३’ बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले याे उपाधि जितेकी हुन् ।
पूर्व मिस नेपाल प्रियंका रानी जोशीले प्रधानलाई क्राउन पहिररिदिएकी हुन् । मिस नेपाल विजेता प्रधान वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । २३ वर्षिया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।
‘मिस नेपाल इन्टरनेसनल’को उपाधि भने २५ वर्षीया प्रसिद्धि शाहले जितिन् । उनी पहिलाे मिस नेपाल रुवी राणाकी छाेरीसमेत हुन् । कार्यक्रममा उनले ‘मिस पपुलर चोइस’काे उपाधिसमेत जितिन् । त्यस्तै ‘मिस नेपाल अर्थ’को उपाधि भने रैना मजगैयाले जितिन् । पेशाले उनी पाइलट हुन् ।
समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।जसमा मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्वीन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीइच्छा प्रधान, वुमन थि द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल घोषित भए ।
फिनालेका ११ जना निर्णायकमा पत्रकार दिलभूषण पाठक, क्रिकेटर ज्ञानेन्द्र मल्ल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ–२०१७ रोजिना श्रेष्ठ, अब्सोल्युट एस्थेटिक क्लिनिककी निर्देशक सुरुजना श्रेष्ठ, अभिनेत्री आँचल शर्मा र महिला उद्यम व्यवसायी महासंघकी अध्यक्ष नीरु रायमाझी थिए ।
मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्छ । यसवर्ष नयाँ मिस नेपाल आएपनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीले नै सहभागिता जनाउने भएकी छन् ।
नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइने भएको छ । यसवर्षको विश्व सुन्दरी प्रतियोगितामा दुबईमा हुने भनिएपनि अहिले अनिश्चितकालका लागि रोकिएको छ । यस वर्षदेखि हिडन ट्रेजरले मिस नेपाल नर्थ अमेरिका, अष्ट्रेलिया ओसियाना, हङकङ र युरोपसँग पनि सहकार्य गरेको छ ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो