पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ ।
कार्यक्रमका वक्ताले कविता गाउँका प्रणेता, तगारोमा रुमाल राखी…, जति माया लाएपनि…, ढुङ्गेसाँघुको मेलामा…, पोखरामा फूल फुल्दैनन्… लगायतका चर्चित गीतकार तथा कवि व्यक्तित्वका विविध अध्याय र आयामबारे आफ्ना धारणा राखेर गौचनको योगदान स्मरण गरेका हुन् ।
वरिष्ठ साहित्यकार सरुभक्तले विनोदसँगका सहकार्यका दिन सम्झदै संरक्षण कविता आन्दोलनका क्रममा लेखिएका धेरै सिर्जनाको साँक्षी आफूँ बनेको बताए । सो अवसरमा उनले तगारोमा रुमाल, कस्तो ठाउँमा फुल्यौ तिमी, पोखरामा फूल फुल्दैनन्लगायतका सिर्जनाका रचनागर्भका सन्दर्भ उल्लेख गरे ।
साथै, सरुभक्तले विनोदको पहलमा घोषणा भएको लुम्ले कविता गाउँको सार्थकता व्यवहारमा नदेखिएकोमा चिन्तासमेत व्यक्त गरे ।
गौचनका दाजु विश्वमोहन गौचनले सिर्जना यात्रामा लाग्दा विनोदले भित्तामा राखिएको भित्ते घडीको आवाज पनि बोझिलो मानेर घडीको ब्याट्रीसमेत निकालेर सिर्जनामा लाग्ने गरेको बताए ।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले ५० को दशकमा गौचनका दुई कविताले आफूँलाई निकै प्रभावित पारेको स्मरण गरे ।
वरिष्ठ संगीतकार सुनिल थापाले गौचनलाई सरल, शालिन र मौलिक सर्जकका रुपमा चित्रण गर्दै उनीसँगका सहकार्य र सहयात्राको कथा सुनाए ।
विनोद गौचनको शालिक निर्माणार्थ लुम्लेका जग्गादाता सुवास गुरुङले लुम्लेवासीले साहित्य र आन्तरिक पर्यटनको महत्व नबुझ्नाले कविता गाउँको पहिचान ओझेलमा रहेकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास गण्डकीका महासचिव असफल गौतम, हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेल, लुम्ले कविता गाउँका अध्यक्ष चूडामणि देवकोटा, लोक नृत्य कलाकार संघका अध्यक्ष केशबहादुर गुरुङ, थकाली सेवा समितिका अध्यक्ष ई. रुजिन्द्र तुलाचन, सिर्जना साहित्य सदन घाचोकका सल्लाहकार भानुभक्त अविरल, साहित्यकार रविन्द्र माकाजु, गोविन्दप्रसाद पराजुली, तेजबहादुर गुरुङ, विष्णुु बास्तोला, स्ट्रगल राना, सावित्री गिरी, लक्ष्मी देवकोटालगायतले गौचनको व्यक्तित्व र कृतित्वका बारे आ–आफ्ना धारणा साथै रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रम गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सञ्चालन महासचिव मदन भण्डारीले गरेका थिए ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु