काठमाडौँ । अभिनेत्री विपना थापालाई ‘यूग नायिका’ को उपाधि प्रदान गरिएको छ । काठमाडौँमा शनिबार आयोजित तेस्रो संस्करणको स्पर्स म्युजिक भिडियो अवार्ड २०२३ मा विपनालाई यो उपाधि प्रदान गरिएको हो ।
टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशक कमल राई र छायाकार राजु केसी लगायतले बिपनालाई उपाधि प्रदान गरे ।
विपना २०५० को दशककी सफल अभिनेत्रीमा पर्छिन् । ‘जन्मभूमि’ बाट फिल्म अभिनयमा भित्रिएकी विपनाले थुप्रै फिल्म अभिनय गरेकी छन् ।
विवाहपछि भारतमा बस्दै आएकी बिपना सम्मानका लिनकै भनेर बिहीबार नेपाल आएकी थिइन् । उनी केही दिनमै भारत फर्किनेछिन् ।
कार्यक्रममा उनीद्वारा अभिनीत फिल्मका चर्चित गीतहरूमा अभिनेत्री नम्रता सापकोटा, अभिनेताद्वय दिक्पाल कार्की, यशराजलगायतले नृत्य गर्दै ‘ट्रिब्यूट’ दिएका थिए । विपनाले पनि कार्यक्रममा आफ्नै गीत ‘आगो लाग्यो दिलैमा’ मा नृत्य गरेकी थिइन् ।
सम्बन्धित खबर
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
सर्लाहीको बाराउद्योरण गाउँमा आगलागी, ६५ घर जलेर नष्ट
आजको मौसम पूर्वानुमान
राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, यस्तो छ केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय
भाइरल भेलु बाजे ‘मीन बहादुर बुढा’ को निधन
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग