पोखरा । तीन दिनसम्म भएको पोखरा एमयूएन आइतबार सकिएको छ । युथ थिंकर्स सोसाइटी पोखराको आयोजनामा शुक्रबारदेखि भएको संयूक्त राष्ट्रसंघको नमुना महासभामा तीन जना बेस्ट डेलिगेटबाट सम्मानित भए । देशभरका १४ जिल्लाबाट प्रतिनिधि गरेका युवा मध्य ३ जनाले बेस्ट डेलिगेट बन्न सफल भएको वाइटिएस पोखराका अध्यक्ष रिजन ढुंगानाले बताए । उनका अनुसार सहभागी प्रतिनिधिले विभिन्न ८० देशको प्रतिनिधित्वको गरेका थिए । प्रतिनिधित्व मध्य यूएसए, इजिप्ट र पाकिस्तान बेस्ट डेलिडेट बन्न सफल भएका हुन् ।
यूएसएका प्रतिनिधि हार्दिक पराजुली यूएनइपीबाट बेस्ट डेलिगेट बने । इकोफ्यानबाट सौगात गौतम बेस्ट डेलिगेट बन्न सफल भएका हुन् । यस्तै डब्लुएचओबाट पाकिस्तानको प्रतिनिधित्व गरेका आदर्श झा बेस्ट डेलिगेट बन्ने । उनीहरुलाई ट्रफी र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।
यस्तै तीनै क्षेत्रबाट बेस्ट इस्टाटेजिक्स मलेसियाबाट अल्भिना बराल, यूएसएबाट उत्सब सेडी र एभिक कर्न चाइनाबाट जितेका छन् । बेष्ट पोजिसन पेपरबाट युकेकी प्रतिनिधि प्रतिक्षा सेडी, रसियाबाट दीपिका श्रेष्ठ र इन्डियाका प्रतिनिधि आर्य पुडासैनीले पुरस्कृत भएका हुन् ।
लेखसाइडमा फर्जी औषधिका कारण विश्वमा बढ्दै गएको खतरा, आर्थिक मन्दी र विद्युतीय फोहोरको सुरक्षित व्यवस्थापनका सम्बन्धमा नमुना महासभामा बहस भएको थियो । उद्घाटन समारोह र समापन सत्रमा प्रमुख अतिथि नेपालका लागि अमेरिकी राजदूतावासका अधिकारी धु्रव शाह थिए । शाहले नमुना महासभाले डेलिगेटलाई आलोचनात्मक विश्लेषण सिपलाई डेलिगेटहरुलाई सक्षम बनाएको बताए ।
तपाईंहरुको यो प्रशिक्षण वा सिकाइमार्फत शैक्षिकसँगै राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरू कसरी उठाउने भन्ने जान्न बुझ्न अवसर पाउनुभयो भन्ने मैले बुझेको छु,’ शाहले भने ।
सभामा विश्वव्यापी समस्याहरूको सम्भावित समाधानका उपाय पनि प्रस्तुत भएको थियो । विषय वस्तुमा केन्द्रित भएर भोटिङ गर्दा नीतिगत, कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्धलाई मध्यनजर गरिएको थियो । संस्थाका अध्यक्ष रिजन ढुंगानाले डेलिगेटहरुलाई सौहार्द्रपूर्ण वातावरणमा कार्यक्रममा सकिएको बताए । उनले नमुना सभा एउटा सिकाइ भएकाले यसको भरपूर प्रयोग गर्न अनुरोधसमेत गरेका थिए । कार्यक्रममा वाइटिएसका कोफाउन्डर क्षितिज भट्टराई, वामन घिमिरे लगायत उपस्थित थिए ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?