पोखरा । कास्की जिल्ला रुपा गाउँपालिकाको वडा नं. ७ हंसपुरका बासिन्दाहरु यतिखेर मदिरा रहित समाज निर्माण अभियानमा जुटेका छन् ।
मदिरा तथा लागु औषध सेवा कर्ता बढेको कारण समाजमा दिनप्रतिदिन बढेको विकृति एवम् विसंगति अन्त्य गरि सभ्य समाज निर्माणका लागि टोलवासीको भेलाले आजदेखि मदिरा निषेधित अभियान सञ्चालन गरेको हो ।
स्थानीय बिभिन्न संघसंस्था, समाजसेवी, वुद्धिजिवी सहितको सहगितामा आज वडाका हंसपुर गाउँ क्षेत्रका प्रत्येक पसलमा पुगेर मदिरा व्यवस्थापन तथा लागु औषध नियन्त्रणका विषयमा सचेतना मूलक कार्यक्रम गरिएको टोलसुधार समितिका अध्यक्ष डिलबहादुर नेपालीले जानकारी दिए ।
लागु औषधको प्रयोग तथा बिक्री वितरणले मानिसको स्वास्थ्य बिग्रनुका साथै धन सम्पत्तिको समेत क्षेति हुने भएकोले यसको नियन्त्रणका लागि पहल कदमी थालिएको उनको भनाई छ ।
महिला मिलन विकास समितिका सदस्य एवम् स्थानीय स्वयंसेवीका ताराकुमारी सापकोटाले सभ्य र समृद्ध समाज निर्माणको अभियानमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
उक्त क्षेत्रका प्रत्येक घरबाट एक जनताको सहभागिता रहेको सचेतना अभियानका क्रममा मदिरा तथा लागू औषध निशेधित सुचना टाँस गरिएको बताउँदै उनले भने, “सुचनालाई व्यवास्था गरेमा गाउँपालिका र प्रहरीको सहयोगमा कडा भन्दा कडा कार्वाही गरिने छ ।”
गाउपालिकाका अध्यक्ष नवराज ओझाले हंसपुरले शुरु गरेको अभियानमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै समाजको दुश्मनका रुपमा रहेको मदिरा र लागु औषध निषेध अभियानमा सवैको सहयोग रहने विश्वास व्यक्त गरे ।
ग्रामीण क्षेत्रका प्रत्येक पसलमा मदिरा विक्री वितरण हुने गरेको गुनासो आउन थालेपछि पालिकाकाले कार्यालय समय बाहेक र स्वीकृति लिएको पसलबाट मात्र मदिरा विक्री वितरण गर्ने अभियान सञ्चालन गरेको बताए ।
पछिल्लो समय अधिकांश उमेर समुहका मानिसमा मदिरा तथा लागू औषध जस्ता कुलतमा लाग्नेको संख्यामा बृद्धि भएपछि घरका बालबालिका र जेष्ठनागरिकमा समेत चिन्तित बनेको सहभागि महिलाहरुको एउटै स्वर रहेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह