पोखरा । गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सम्पन्न भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सह—आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा २ दिनसम्म चलेको फेस्टिभल सम्पन्न भएको हो । उक्त फेस्टिभलमा पोखराको सैनिक आवासीय महाविद्यालय प्रथम भएको छ । सैनिक आवासीय महाविद्यालयको प्रोजेक्ट प्रथम भएको हो । यस्तै, पोखराको सृजना सेकेन्डरी स्कुल दोस्रो र गण्डकी बोर्डिङ स्कुल तेस्रो भए । सान्त्वना हुनेमा जनज्योति माध्यमिक विद्यालय तनहुँ, नमुना आवासीय माध्यमिक विद्यालय पर्वत, शिशु निकेतन सेकेन्डरी स्कुल र कालिका माध्यमिक विद्यालय पोखरा छन् ।

उनीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री माननीय सुशीला सिंखडाले पुरस्कार वितरण गरिन् । प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयहरूले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने अवसर पाउने छन् । यसैबीच, सो—अवसरमा राजकुमार ढकाललाई ‘उत्कृष्ट विज्ञान शिक्षक २०७९’ को रुपमा सम्मान तथा पुरस्कृत गरिएको छ । विज्ञान शिक्षक समाज नेपाल र नेपाल बौद्धिक समुदायले गण्डकी बोर्डिङका विज्ञान शिक्षक राजकुमार ढकाललाई उक्त सम्मान प्रदान गरेको हो । स्याङ्जाका ढकाल विज्ञान शिक्षक समाज गण्डकी प्रदेश संयोजक समेत हुन् । फेस्टिभलमा विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै विद्यार्थीले बनाएका प्रोजेक्टको ५० स्टल राखिएका थिए । तीमध्ये २६ स्कुलका ४० प्रोजेक्ट थिए भने बाँकी अप्रत्योगी थिए । पोखरामा पहिलोपल्ट आयोजित सो—फेस्टिभलको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।
पोखरामा आयोजित फेस्टिभलले शैक्षिक गुणस्तरियतामा प्रभावकारी कदम चाल्ने विश्वास मन्त्री सिंखडाको छ । उनले गण्डकी प्रदेशका लागि नौलो कार्यक्रम भएकाले यसको निरन्तरताको आवश्यकतालाई औंल्याएकी छिन् । सरकारले नै यस्ता कार्यक्रमको आयोजना गर्नुपर्नेमा नीजि क्षेत्रबाट भएका कार्यक्रमलाई प्रोत्साहित गर्नुपर्ने भनाई उनको छ ।

फेस्टिभलमा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अहिलेको युग विज्ञान प्रविधिको युग भएकाले सरकारको नीति तथा कार्यक्रम समेत प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । उनले पोखरा महानगरपालिका पनि डिजिटल महानगरका रुपमा अगाडि बढेको जानकारी गराए । फेस्टिभलका संयोजक हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आंतक बस्नेतले विद्यालयमा विज्ञान विषयको पढाईमा फरकपन आउनुपर्ने उल्लेख गरे । उनले घोकन्ते विद्याले मात्र विद्यार्थीको शैक्षिक स्तरमा सुधार नहुने हुँदा प्रयोगात्मक रुपमा नै अगाडि बढ्नुपर्ने बताए । सरकारको सहयोग अहिले सिमित रहेता पनि कालान्तरमा फेस्टिभलको महत्व सरकारी निकायमा अझ बढ्दै जाने विश्वास उनको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’