पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा जुटेको छ । अंग्रेजी नयाँ वर्षका अवसरमा सञ्चालन हुने महोत्सवको यो संस्करणका लागि रेवानले संस्थाका प्रथम उपाध्यक्ष विश्वराज पौडेललाई संयोजकमा चयन गरेको छ । त्यसैगरि सह–संयोजकमा सह–कोषाध्यक्ष वैभव पौडेल चयन भए ।
रेवान पोखराका अध्यक्ष नरेश भट्टराई अध्यक्षतामा बुधबार पोखरामा बसेको कार्यसमिति तथा सल्लाहकार सहितको वैठकले पौडेलद्वयलाई संयोजक र सह–संयोजकमा चयन गरेको हो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नारा सहित आउँदो पुष १३ देखि महोत्सव लेकसाइडको झण्डै ४ किलोमिटर क्षेत्रमा सञ्चानल हुनेछ ।
यसपटक नारा अनुसार अधिकांस कार्यक्रम सडक लक्षित हुने संयोजक पौडेलले बताए । रजत महोत्सव समेत भएकाले पहिलाको भन्दा केहि पृथक हुने उनको भनाई छ । यसपटक गण्कडी प्रदेशका जिल्लाहरुलाई प्राथमिकतामा राख्दै ११ जिल्लाकै साँस्कृतीक समुह सडकमा उतार्ने उनले जनाए ।
पोखराको पर्यटकीय गतिविधि चलायमान बनाउन, धेरैभन्दा धेरै स्वदेशी तथा विदेशी पाहुना पोखरा भित्र्याउन यो महोत्सव सफल रहेको सह–संयोजक वैभवको भनाई छ । विगत वर्षहरुमाझै यस वर्ष पनि साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन सँगै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँक्री प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तब्य सहितको डकुमेन्टी प्रदर्शन गरिने पौडेलले बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन