वानएक्स बेट प्रकरणमा प्रकाउ परेका कलाकार र युट्युबर धरौटीमा रिहा

वानएक्स बेट प्रकरणमा प्रकाउ परेका कलाकार र युट्युबर धरौटीमा रिहा

Raju-balchhi

काठमाडौँ । वानएक्स बेट नामक अनलाइन सट्टेबाजी वेबसाईटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार तथा युटुबर धरौटीमा रिहा भएका छन् ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतले बुधबार धरौटीमा छोड्न आदेश दिएसँगै ५ हजार धरौटी तिरेर रिहा भएका हुन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर)सहित जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds