पोखरा । सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राज्यमा भएका समस्या जनता र सरकार मिलेमा समस्या हल हुन्छ । मानव सेवा आश्रम पोखरा छोेरेपाटनलाई औषधी वितरण गर्दै मन्त्री सिंखडाले धारणा राखिन् ।
‘हिजो सडकमा देख्दा बिचरा भन्ने मात्र थियो,‘उनले भनिन, ‘व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिन्छु ।’ राज्यको जिम्मेवार पदमा बसेकाले निस्वार्थ भावले काम गरे धेरै काम गर्न सक्ने उनले बताइन् । आफुले समाजमा भएको समस्यालाई हल गर्ने प्रतिवद्वता गरिन् ।
‘मैले गर्नुपर्ने भुमिका निर्वाहा गर्छु,‘मन्त्री सिंखडाले भनिन,‘स्वास्थ मन्त्रालयको समन्वयमा र सहयोग औषधी आएको छ यो हाम्रो दायित्व हो ।’
सामाजिक विकास तथा स्वास्थ मन्त्रालयका स्वास्थ सचिव बिनोद बिन्दु शर्मा यस्तै संस्था कास्की मात्र नभएर अन्य जिल्लामा पनि भएको जानकारी दिए । सामाजिक बिकास तथा स्वास्थ मन्त्रालयका समाजिक सचिव तोयानाथ लम्साल समाजिक बिकास मन्त्रालय प्रदेशलाई सडक मानव मुक्त प्रदेश घोषणा गरेको बताए । गण्डकी प्रदेश सरकार मानब सेवा आश्रममा ७० लाख बजेट बिनियोजन गरेको जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्की प्रमुख बद्री आचार्य ३३ प्रकारका मानसीक रोग सम्बन्धी र अन्य गरेर ३९ प्रकारका औषधी दिएको जानकारी दिए । करिब १ वर्षको लागि पुग्ने औषधी भएको उनले बताए ।
प्रदेश आपूर्ति केन्द्र, गण्डकी प्रदेश औषधी व्यवसायी, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की सहयोगमा औषधी दिएको हो । मानव सेवाआश्रम कास्की जिल्ला संयोजक सदिश पुनले १ सय परुष र ६७ महिलालाइ अहिले मानव सेवा आश्रममा रहेको बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ