पोखरा । पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले फूलबारी क्लब पोखराको गहना भएको बताएका छन् । क्लबको ३२ औं वार्षिकोत्सव उद्घाटन गर्दै अध्यक्ष कर्माचार्यले स्थानीयरुपमा संस्कार, धर्म, संस्कृति, वातावरण, कला र सीप, खेलकुद, स्वास्थ्य लगातय क्षेत्रमा गर्दै आएको कामको मुल्यांकन गर्दै पोखराको गहना भएको बताएका हुन् । सामाजिक विकृति र विसंगतिलाई हटाई सक्षम, सरल र समृद्ध समाज निर्माणमा वडाबाट पूर्ण सहयोग हुने बताउँदै वडा भित्रका आर्थिक क्रियाकलापलाई करमा जोड्न आग्रह गरे । मन, बचन, कर्म र धन पनि खर्च गर्न सक्ने नेतृत्वले संस्था र क्षेत्रको परिवर्तन गर्न सक्नेमा उनको जोड थियो ।
कार्यक्रममा पोखरा ११ का निवर्तमान वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले फूलबारी क्लबलाई अन्तर्राष्ट्रियरुपमा ब्राण्डिङ गर्नु पर्ने समय आएको बताए । पैसा वचत गर्नु भन्दा पनि क्लबलाई राष्ट्रियरुपमा परिचित बनाउन नयाँ नेतृत्वले नयाँ काम गर्नु पर्ने बताए । सभामा क्लबका सल्लाहकार दामोदर बास्तोला, शारदादेवी बास्तोला, सञ्जयकिश्वर बास्तोला, पोखरा ११ वा निर्वाचित वडा सदस्य सुशील बास्तोला, फूलबारी ओमकार भजन समूहका अध्यक्ष दीपक पौडेल र कास्की जिल्ला टेवल टेनिस संघका सदस्य दीपक भण्डारी लगातयले बोलेका थिए ।
क्लबले संस्थालाई सहयोग गरेको भन्दै समाजसेवी धर्मराज आचार्य र पत्रकार केदार धमलालाई प्रशंसापत्रले सम्मान गरेको छ । दोसल्ला, करुवा र प्रशंसापत्रले सम्मान गरेको क्लबका सचिव जनार्दन बास्तोलाले जानकारी दिए । क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जनार्दन बास्तोलाले गरेका थिए भने स्वागत मन्तव्य क्लबका उपाध्यक्ष मनोज बास्तोलाले दिएका थिए ।
वार्षिकोत्सवको पूर्व सन्ध्यामा आयोजना गरेको टेवल टेनिस खेल प्रतियोगिताका विजेता ट्रफी र प्रमाणपत्रले पुरस्कृत भएका थिए । क्लबको आगामी २ वर्षे कार्यकालकोलागि अध्यक्षमा मनोज बास्तोला, उपाध्यक्षमा जनार्दन बास्तोला, सविचमा युवराज बास्तोला, कोषाध्यक्षमा सावित्री पौडेल र सहसचिवमा कपिल बास्तोला सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक शिवकुमार अधिकारीले जानकारी दिए । क्लबको सदस्यहरुमा सुमन बास्तोला, सन्तोष भण्डारी, सविना बास्तोला, शिवराज पौडेल, अनन्तराज आचार्य र अन्जु ताम्राकार पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । क्लबका नवनिर्वाचित अध्यक्ष मनोज बास्तोलाले सवै वर्ग, क्षेत्र, पिछडिएका तथा अल्पसंख्यक समूदायलाई उचित स्थान दिँदै क्लबका पूर्व अध्यक्ष तथा वुद्धिजीविहरुको सल्लाह र सुझाव अनुरुप संस्थालाई अघि बढाउने योजना रहेको बताएका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, वद्धिजीवि, समाजसेवी, मानार्थ सदस्य तथा साधारण सदस्यको उल्लेख्य सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो