पोखरा । पोखरामा लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सुनचाँदी व्यवसायीहरुलाई लक्षित गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीले शनिबारतालिम तथा सचेतना कार्यक्रमकोआयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथिनेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै सुनारले समय सापेक्ष कार्यक्रमको आयोजना गरेको भन्दै कास्की समितिलाई आभार प्रकट गरे । उनले पछिल्लो समय हुने अवैधानिकसुनचाँदी कारोबारबाट बच्नका लागि व्यवसायी आफै पनि सचेत हुनुपर्ने उल्लेख गरे ।
सुनारले व्यवसायीको हकहितका लागि विशेष मापडण्डसहितको नीति निर्देशिका तर्जुमा गर्ने पक्षमा महासंघ रहेको बताए ।
नेपाल सरकारले अहिले सुन आपुर्ती कम गर्दै आएको बताउदै उनले सो विषमा सरकारलाई ध्यानाकर्षण गर्नका लागि महासंघले पहल गरिरहेकोसमेत बताएका थिए ।
कार्यक्रममा अधिवक्ता विनिता नेपालीले व्यवसायीलाई पर्नेसमस्याको बारेमा सहजीकरण गर्दै कानुनी सहायताका विषयको बारेमा प्रशिक्षण दिएकी थिइन् ।
यस्तै सिए अमृत गदलले व्यवसाय मर्यादित र व्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गर्नका लागि मद्दत पुग्ने तरिकाले लेखा सम्बन्धि तालिम दिएका थिए ।
सो तालिमपश्चात निकै उपयोगी कार्यक्रम रहेको सहभागि व्यवसायीहरुले बताएका थिए । सोही क्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको तर्फबाट रेडिमेट सुनका गरगहनको सट्टा ५० ग्राम काँचो सुन भन्सार छुटमा पाउने व्यवस्था गर्नका लागि महासंघलाई ध्यानाकर्षण गराएको थियो ।
कास्कीका अध्यक्ष राम बहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कास्कीका प्रथम उपाध्यक्ष भरत विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव इश्वर विकले गरेका थिए ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?