पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजनामा तीन महिने ब्यूटिशियन तालिम सम्पन्न भएको छ।
पोखराको बुद्धचोकमा रहेको ववि ब्यूटि सलोन एण्ड ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा वडा भित्र रहेका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमको समापन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले आगामी दिनमा पनि युवाहरुलाई लक्षित गरी विभिन्न सीपमुलक ब्यवसायीक तालिमहरुलाई निरन्तरता दिने बताए। सो अवसरमा बोल्दै तालिमका संयोजक शान्ती कोइरालाले पोखरा १२ भित्र रहेका महिला दिदी वहिनीहरुलाई लक्षित गरी तीन महिने ब्यूटिशियन तालिमको आयोजना गरेको जानकारी दिइन्।
त्यस्तै तालिमका प्रशिक्षक सिनियर ब्यूटिशियन तथा ववि ब्युटि सलोन एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक बविता केसी कार्कीले युवा महिलाहरुले भोलिका दिनमा स्वरोजगार तथा आत्मनिर्भर हुनका लागी आजको दिनमा विभिन्न किसिमका सिपहरु सिक्न आवश्यक रहेको वताउदै आफ्नो संस्थाबाट समेत युवाहरुलाई स्वरोजगार गराउने उद्देश्यले ब्यूटिशियन सम्बन्धी विभिन्न तालिमहरु विशेष छुटमा सञ्चालन गरिरहेको बताइन्।
त्यस्तै प्रशिक्षार्थी लक्ष्मी कोइरालाले वडाले आयोजना गरेको तीन महिने तालिममा सिकेको कुरालाई ब्यवहारमा उतारेर स्वरोजगार बन्ने अवसर प्रदान गरेकोमा वडा परिवारलाई धन्यवाद ब्यक्त गरिन्। समापन कार्यक्रमको सञ्चालन इन्दिरा भण्डारीले गरेकी थिइनभने प्रशिक्षार्थीको तर्फबाट गायली कुँबरले स्वागत मन्तब्य राखेकी थिइन्। बवि ब्यूटि सलोन एण्ड ट्रेनिङ सेन्टर बुद्धचोकमा सम्पन्न तालिममा १५ जना महिलाहरुको सहभागीता रहेको थियो ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ