पोखरा । हालः हङकङमा रहेका समाजसेवी दुर्गा गुरुङ “मिलन”द्वारा स्थापित सामाजिक संस्था मिलन फाउण्डेशन नेपालको तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा गंगाकुमारी गुरुङ तेस्रो कार्यकालका लागि सर्वसम्मत रुपमा निर्वाचित भएकी छन् ।
शनिबार सम्पन्न फाउण्डेशनको अधिवेशनबाट उपाध्यक्षमा देवीकुमारी गुरुङ, सचिवमा अमरबहादुर अधिकारी, सह–सचिवमा जयप्रकाश गुरुङ, कोषाध्यक्षमा यामबहादुर मल्ल (जीवन) र सह–कोषाध्यक्षमा धनकुमारी गुरुङ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । त्यसैगरी, नवनिर्वाचित नौ सदस्यीय सञ्चालक समितिका सदस्यहरूमा सागर पौडेल, मनलाल गुरुङ र नारायण क्षेत्री रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशकी उपाध्यक्ष खिमा गुरुङले सामाजिक सेवामा मिलन फाउण्डेशन नेपाल अब्बल संस्था रहेको बताइन् । फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ “मिलन”ले फाउण्डेशनमार्फत् सामाजिक क्षेत्रमा ठूलो योगदान पु¥याउनुभएको भन्दै उनले प्रशंसा गरिन् । नवनिर्वाचित सञ्चालक समितिलाई बधाई दिँदै उपाध्यक्ष गुरुङले जुझारू र ऊर्जावान् टिम निर्वाचित भएको बताइन् । फाउण्डेशनलाई थप क्रियाशील बनाएर अघि बढाउन नयाँ नेतृत्व सक्षम हुने उनले विश्वास व्यक्त गरिन् ।
मिलन ग्रुप अफ नेपालका महासचिव सागर पौडेलले मिलन ग्रुप अफ नेपालमा आबद्ध विभिन्न संघसंस्थाहरूमार्फत् नेपालका विभिन्न क्षेत्रमा सामाजिक योगदान गरिरहेको भन्दै समाजसेवी दुर्गा गुरुङ “मिलन” सामाजिक क्षेत्रका लागि उदाहरणीय व्यक्तित्व भएको बताइन् । त्यस्तै, मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का प्रवक्ता रूद्रबहादुर श्रीसले नयाँ नेतृत्वले संस्थालाई अझ सक्रियताका साथ अघि बढाउने अपेक्षा व्यक्त गरे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव धनबहादुर गुरुङ “सुमन”ले मिलन फाउण्डेशन नेपाल यस क्षेत्रकै अग्रणी सामाजिक संस्था भएको बताए ।
मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य अमरबहादुर अधिकारी र उपाध्यक्ष देवी गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसैबीच, मिलन फाउण्डेशन नेपालको नवनिर्वाचित सञ्चालक समितिको प्रथम बैठकले दुई सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकारमा क्या. हितकाजी गुरुङ र रूद्रबहादुर श्रीस रहेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन