पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ ।
फोनिजको २४ औं स्थापना दिवसका अवसरमा कास्की शाखाले शनिबार पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रमलाई खाना तथा खाजाका लागि खाद्यान्न सहयोग गरेको हो । खानाका लागि चामल र दाल सहित खाजाका लागि बिस्कुट भुजा लगायत खाद्य सामाग्री सहयोग गरेको फोनिज कास्कीका अध्यक्ष दिल गुरुङले जानकारी दिए । उक्त सामान वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई हस्तान्तरण गरिएको उनले बताए ।
सो कार्यक्रममा फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले विभिन्न कारणले वृद्धाश्रममा बस्न बाध्य वृद्धवृद्धालाई सहयोग गर्नु फोनिज कास्कीको प्रशसंनीय कार्य भएको बताए । ‘हुन त बाबुआमा बुढाबुढी हुँदै गएपछि वृद्धाश्रमसम्म पुग्नु राम्रो काम त होइन्,’ उनले भने, ‘तर, विभिन्न कारण वृद्धाश्रमको शरणमा रहेकाहरुलाई सहयोग गरेर फोनिज कास्की शाखाले प्रशसंनीय काम गरेको छ ।’
फोनिज कास्कीका अध्यक्ष दिल गुरुङले फोनिजको २४ औं स्थापना दिवस देशभर मनाउने क्रममा आफूहरुले वृद्धाश्रममा सहयोग गरेर मनाएको जानकारी दिए । ‘देशभर फोनिजको स्थापना दिवस मनाइएको छ । हामीले पनि केही गर्नुपर्छ भनेर वृद्धाश्रममा सहयोग गर्ने निधो गरियो,’ उनले भने, ‘पोखरा कै आसपासमा रहेको वृद्धाश्रमलाई त धेरैले सहयोग गरेको सुनिन्छ । त्यसैले हामीले धेरैले नसुनेको राधाकृष्ण वृद्धाश्रमलाई रोजेका हौं ।’ फोनिज कास्कीले आगामी दिनमा अझ प्रभावकारी र रचनात्मक कार्य गर्दै जाने उनले बताए ।
वृद्धाश्रममा ६५ वृद्धवद्धा रहेको वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगलले जानकारी दिए । फोनिज कास्की दिएको सहयोगले उनीहरुलाई केही दिनका लागि राहत हुने भन्दै सहयोग गर्ने फोनिज कास्कीलाई उनले धन्यवाद दिए ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?