तालैतालको सहर पोखराका तालमा मोती उत्पादन हुने सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावना औंल्याएको हो ।
सन् २०१७ देखि बेगनासमा मोती उत्पादनका सम्बन्धमा अनुसन्धान गर्दै आएको र यहाँका तालमा मोती उत्पादनको पर्याप्त सम्भावना पुष्टि भएको केन्द्रका प्रमुख डा मोहम्मद इकवाल हुसेनले जानकारी दिए । अब यस क्षेत्रमा माछापालन गर्ने कृषकले सँगसँगै मोती उत्पादन पनि गर्न सिपी खेती गर्न सक्ने उनी बताउँछन् ।
मोती गरगहनाका साथै विभिन्न औषधीका लागि पनि प्रयोग हुन्छ । ‘सिपी माछा जस्तै पानीमा पाइने जीव हो, यसले मोती उत्पादन गर्छ’, हुसेन भन्छन्, ‘हामीले गरेको अनुसन्धानबाट यो साना साना पोखरी तथा जलाशयमा पाल्न सकिने प्रमाणित भएको छ ।’ अनुसन्धानले पोखरा आसपासका जलाशयमा नै सिपी पाल्न सकिने तथ्य प्रमाणित गरेको र योसँगै माछापालक कृषकले दोहोरो सुविधा लिन सक्ने देखिएको उनी बताउँछन् ।
नेपालमा बर्सेनि ठूलो संख्यामा मोती विदेशबाट आउने गरेको छ । एउटै मोतीको २ हजार रुपैयाँसम्म पर्ने गरेको छ । पोखराका अधिकांश तालमा यसको व्यावसायिक खेती नै गर्न सकिने हुसेन दाबी गर्छन् ।
मलिलोपनयुक्त जलाशयमा सिपीको खेती राम्रोे हुन्छ । पोखराका तालमध्ये रुपाताल यसका लागि धेरै सम्भावनायुक्त देखिएको छ । ‘सिपीको बाह्य आवरणबाट इमेज विड (मूर्ति छायाँ) र गोलाकार विड (गोलो मोती) तयार गर्न सकिन्छ’, उनी भन्छन्, ‘करिब १२ महिनादेखि १८ महिनामा मोती उत्पादन गर्न सकिन्छ ।’
प्रमुख हुसेनले ती सिपी उत्पादनका साथै बाह्य भाग फालेर मासु खानसमेत सकिने सुनाए । विशेषतः थारु समुदायमा यसको मासुको प्रचलन छ । १ हेक्टर क्षेत्रफलमा २० हजार सिपी पालन गर्न सकिन्छ । माछा पाल्ने क्रममा राखिएको आहारा पनि यसलाई हुन्छ ।

सिपीबाट मोती उत्पादन गर्न त्यसको बाह्य आवरणभित्र इमेजको स्वरुप राखिन्छ । त्यही स्वरुपमा सिपीले मोती भर्दछ । चाहिएको इमेजको स्वरुप राखिएपछि त्यसमा सिपीले मोती भर्ने गर्दछ ।१२ महिनादेखि १८ महिनाको अन्तरालमा मोती तयार हुन्छ ।
प्रमुख हुसेनका अनुसार यसको अनुसन्धान गर्दा सिपीको ‘मेन्टल केविटी’ मा सर्जरीका मध्यमले इमेज आकार राखी सिपीलाई साना थैलीमा बाँधेर पानीमा डुबाइएको थियो । त्यसरी राखिएको १ वर्षमा ‘इमेज पर्ल’ र ‘हाफ गोलाकार पर्ल’ पाइएको थियो ।
यो अनुसन्धानले नेपालका पहाडी तथा तराईका प्राकृतिक जलाशयमा मोती उत्पादनका लागि सिपी पालन गर्न सकिने देखिएको उनले जनाए । यसमा ध्यान दिन सके कृषकको आम्दानी बढाउन सकिने उनी सुनाउँछन् ।
पछिल्लो समयमा भारत, बंगलादेश, चीन, जापान, भियतनाम र अन्य धेरै देशले मोती खेतीको प्रविधि विकास गर्दै गएका छन् । यसले दक्षिण–पूर्वी एशियाली देशमा रोजगारी र आयको स्रोतको बढाउँदै लगेको छ ।
अनुसन्धानको सफलतासँगै ७ तालको बाटिका सहर उपमा पाएको लेखनाथका तालमा मोती उत्पादनलाई जोड दिँदै यहाँका बासिन्दाको आयआर्जन बढाउने सम्भावना देखिएको बेगनास ताल धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष ध्रुवनाथ अधिकारीले सुनाए ।
‘स्थानीयलाई आयआर्जनसँग जोड्न उनीहरूलाई आवश्यक तालिम दिएर मोती उत्पादनमा लगाउन सकिन्छ’, अधिकारी भन्छन्, ‘बर्सेनी विदेशबाट आयात गरिने मोती उत्पादनमा प्रेरित गर्न सकेमा आगामी दिनमा मोतीमा आत्मनिर्भरतासँगै विदेश निर्यात गर्न सकिने देखिएको छ ।’
सम्बन्धित खबर
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्