पोखरा । हरितालिका तीजको अवसरमा रेडियो जननी ९०.६ मेजाहर्जले तिज गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ । “महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता र सम्भावनाहरु” भन्ने उद्घोषका साथ रेडियोले भदौँ २३ गते प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
प्रतियोगिताको लागि भदौँ १२ देखि १५ गतेसम्म टिम दर्ता गराउन रेडियोले आग्रह गरेको छ । टिम दर्ता गर्न आउँदा प्रतिष्पर्धामा गाईने गित लिएर आउनुपर्ने रेडियोका अध्यक्ष हिरा भट्टराईले जानकारी दिए । दर्ता भएका गित मध्ये उत्कृष्ट गितलाई छनौट गरि यहि भदौँ १७ देखि २० गते भित्र रेडियो जननीको कार्यालयमा बोलाएर प्रतिष्पर्धीलाई गित गाउन लगाइने छ, जुन रेडियो तथा विभिन्न सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण हुने रेडियोले जनाएको छ ।
प्रथम चरणवाट छानिएका उत्कृष्ट ७ समुहले भदौँ २३ गते अन्तिम चरणको कार्यक्रममा प्रतिष्पर्धा गर्नुपर्ने छ । प्रतियोगितामा प्रतिष्पर्धा गर्ने गित १० मिनेट भन्दा लामो हुनुहुदैन भने समुहमा बढीमा १० जना मात्र सहभागी हुनुपर्ने रेडियोले जनाएको छ । त्यस्तै गित महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता सम्भावनाहरु भन्ने विषयमा हुनुपर्ने छ । गित पहिला कतै प्रकाशित वा प्रशारित नभएको हुनुपर्ने र पोशाकमा एकरुपता हुनुपर्नेछ । त्यस्तै अनिवार्य रुपमा रेडियो जननीको टिकटक आईडी फलो गरि दर्ता भएको गित पोस्ट गरि रेडियोलाई ट्याग गर्नुपर्ने छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वनालाई क्रमश ः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ । अन्तिम प्रतिस्पर्धाको कार्यक्रम भदौँ २३ गते गण्डकी प्रज्ञा प्रतिष्ठान, बगर १ पोखरामा हुने छ । प्रतियोगितामा सहभागी हुन चाहाने समुहले २ सय दर्ता शुल्क सहित रेडियोको कार्यालय सृजनाचोकमा सम्पर्क गर्न सक्नेछन् अथवा फोन नं. ०६१—५८९६२० र ९८४६९४२५२४ मा सम्पर्क गर्न रेडियोले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’