पोखरा । हरितालिका तीजको अवसरमा रेडियो जननी ९०.६ मेजाहर्जले तिज गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ । “महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता र सम्भावनाहरु” भन्ने उद्घोषका साथ रेडियोले भदौँ २३ गते प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
प्रतियोगिताको लागि भदौँ १२ देखि १५ गतेसम्म टिम दर्ता गराउन रेडियोले आग्रह गरेको छ । टिम दर्ता गर्न आउँदा प्रतिष्पर्धामा गाईने गित लिएर आउनुपर्ने रेडियोका अध्यक्ष हिरा भट्टराईले जानकारी दिए । दर्ता भएका गित मध्ये उत्कृष्ट गितलाई छनौट गरि यहि भदौँ १७ देखि २० गते भित्र रेडियो जननीको कार्यालयमा बोलाएर प्रतिष्पर्धीलाई गित गाउन लगाइने छ, जुन रेडियो तथा विभिन्न सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण हुने रेडियोले जनाएको छ ।
प्रथम चरणवाट छानिएका उत्कृष्ट ७ समुहले भदौँ २३ गते अन्तिम चरणको कार्यक्रममा प्रतिष्पर्धा गर्नुपर्ने छ । प्रतियोगितामा प्रतिष्पर्धा गर्ने गित १० मिनेट भन्दा लामो हुनुहुदैन भने समुहमा बढीमा १० जना मात्र सहभागी हुनुपर्ने रेडियोले जनाएको छ । त्यस्तै गित महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता सम्भावनाहरु भन्ने विषयमा हुनुपर्ने छ । गित पहिला कतै प्रकाशित वा प्रशारित नभएको हुनुपर्ने र पोशाकमा एकरुपता हुनुपर्नेछ । त्यस्तै अनिवार्य रुपमा रेडियो जननीको टिकटक आईडी फलो गरि दर्ता भएको गित पोस्ट गरि रेडियोलाई ट्याग गर्नुपर्ने छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वनालाई क्रमश ः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ । अन्तिम प्रतिस्पर्धाको कार्यक्रम भदौँ २३ गते गण्डकी प्रज्ञा प्रतिष्ठान, बगर १ पोखरामा हुने छ । प्रतियोगितामा सहभागी हुन चाहाने समुहले २ सय दर्ता शुल्क सहित रेडियोको कार्यालय सृजनाचोकमा सम्पर्क गर्न सक्नेछन् अथवा फोन नं. ०६१—५८९६२० र ९८४६९४२५२४ मा सम्पर्क गर्न रेडियोले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन