पोखरा । लामो समय पछि गायक नबिन के भट्टराई आफ्नो व्याण्ड सहित पोखरामा लाइभ कन्सर्टमा लिएर आउन लागेका छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा भदौ ८ गते शुक्रबार साँझ लाइभ कन्सर्ट मार्फत दर्शकमाझँ आउदै छन् ।
युवा पुस्ताका गायक नविन के भट्टराईलाई एक फरक शैलिमा गीत गाउने खाएका रुपमा पनि चिनिन्छन् । गायक भट्टराईले तिमि हौ लाखौंको धड्कन, साँझ पख, रात बित्यो, चाहना छ एउटै मेरो, सम्झिरहन्छु, सयौं लास टेकेर, साँझापखा, दोबाटोमा, तिमिले हेर्दा कसैलाई जस्ता चर्चित गीतबाट दर्शकलाई मनोरञ्जन दिने छन् ।
गायक भट्टराईको पोखरा लामोसमय पछि कन्र्सट हुन लागेको बताउदै प्याराडिसोका म्यानेजर हरि पौडेलले प्रशंसक र शुभचिन्तक राम्रो उपस्थिती रहने बताए । मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार र ५ सय रुपैया पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रबेश शुल्क नलाउने उनको भनाई छ ।
नवीन के भट्टराईले सन् १९९० बाट आफ्नो सांगीतिक करियर सुरु गरेका हुन् । उनले “द स्टिल ह्वील“ ब्यान्डबाट गायक र रिदम गिटारवादकको रूपमा गरेका थिए । ५० बर्षिय भट्टराईले अहिले सम्म दर्शन बढि एलबमहरु निकाली सकेका छन् । उनलाई पप स्टारका रुपमा दर्शकले चिन्दै आएका छन् । उनले नेपाली सांगितीक क्षेत्रमा विभिन्न म्युजिक अवार्ड र पुरस्कार समेत जितेका छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु