पोखरा । पोखरा १३ आर्वामा आयोजित एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा १५० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । नागेश्वर महादेव मन्दिर विकास समितिको आयोजना र अन्नपुर्ण आयुर्वेदिक क्लिनिक पोखरा १२ सितलादेवीको प्राविधिक सहयोगमा आर्वा मणिदिप स्थित नागेश्वर मन्दिर परिसरमा उक्त शिवर सचांलन भएको हो ।
शिविरमा पाईल्स, फिस्टुला, कब्जियत, मधुमेह, थाईसाइड, पेसर, युरिक एसिड, ग्यास्टिक, प्रसुती लगायतका समस्याहरु लिएर शिविरमा आएको डा.ज्योती ठाकुरले बताए । उनले विरामीको उपचार सहित निशुल्क औषधी पनि प्रदान गरेको र कतिपय जटिल समस्या भएकालाई अस्पतालमै उपचार गराउन पर्ने भएको बताए । डा.ठाकुर सहित शिविरमा अमित न्यौपाने, सम्झना मझकोटी, अमृत आचार्य उपचारमा खटिएका थिए ।
नागेश्वर महादेव मन्दिर विकास समिति सचिव एवम स्वास्थ्य शिविर संयोजक शिव राज बरालले धार्मिक गतिविधि वाहेक गाउँठाउँमा अझै पनि स्वास्थ्य उपाचारबारे मानिसहरु सचेत नहुने भएकाले सामाजिक उतरदायित्व अन्तर्गत गाउँमै विषेशज्ञ डाक्टर बोलाएर निशुल्क शिविर संचालन गरेको बताए ।
समितिका अध्यक्ष विष्णु प्रसाद बरालले कुनै औपचारिक कार्यक्रम नगरि नितन्त स्थानियहरुको स्वास्थ्य उपचारलाई मध्यनजर गर्दै नि:शुल्क स्वास्थ्य शिबिर आयोजना गरेको बताए ।
उनले आर्वा मणिदिपमा रहेको महाप्रभुधाम सहित नागेश्वर शिव मन्दिरको धार्मिक, एतिहासिक र पर्यटकीय महत्व बोकेको स्थल भएकोले यस्को विकासका लागि सबै निकाय सँग पहल भइरहेको बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन