अश्विन दानी, गोरखा । बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ खारुङ्गका गोठे गुरुङको पैसाको अभावले उपचारमा ढिलाई भएपछि मृत्यु भएको छ ।
पैसाको अभावले तीन बर्षदेखि रोग पालेर बसेका गुरुङ्गलाई ‘गोठे गुरुङ्ग बाबु छोरी बचाऊ’ अभियानकर्ताहरुले उपचार गर्न काठमाण्डौँ लगेपनि चिकित्सकहरुले उपचार गरेर नलाग्ने बताएपछि सोमबार गुरुङ्गलाई उनकै घर एम्बुसलेन्समा फर्काईएको थियो । तर, उनको घर नपुग्दै गोरखाको चनौटे भन्ने ठाउँमा मृत्यु भएको हो ।
सारुङ्गको गुरुङ्ग गाउँमा सानो घर थियो उनको । त्यही घरमा श्रीमती दाउरीमाया गुरुङ, जेठी छोरी कृपा गुरुङ र कान्छी छोरी बिमाया गुरुङ उनी थिए । श्रीमती पहिल्यै देखि अर्धचेत खासै अरुको कुरा राम्ररी नबुझ्ने । गुरुङ्ग आफु दिनभरी मेलापात र ज्याला मजदुरी गरेरै भएपनि घरमा हरेक साँझ बिहान चुलो बालेकै हुन्थे । गाउँ घरमा कुटो, कोदालो खेलाएरै भएपनि परिवारमा दुखको छायाँसम्म पर्न दिँदैनथे उनी ।
तर, जब २०७२ सालको भुकम्पले उनको घर पनि भत्काईदियो । भुकम्पले घर भत्काएसँगै उनको जीवनमा दुखको बर्जपात सुरु हुन थाल्यो । उनलाई नशा सम्बिन्धी रोगले च्याप्न थालेर कम्मरबाट मुनीका सबै अंग चल्न छाडे, यतसिम्म कि उनलाई शौचालय समेत अरु कसैले लगिदिनुपर्ने भयो ।
त्यसपछि जेठी छोरीले पनि आँखा देख्न छाडिन्, कान्छी छोरीको श्रीमान् बिते । दुबै छोरीलाई घरमा हेला गर्न थालेपछि माईतीमै आएर बस्न थाले छोरीहरु ।

शुक्रबार मात्रै ‘गोठे गुरुङ्ग बाबु छोरी बचाऊ’ अभियान कर्ताले बाबु गोठे र छोरी कृपाको उपचारका लागि काठमाण्डौँ लगेका हुन् । अब बाबु र दिदिले उपचार पाएर निको हुने खुसीले रमाएकी बिमाया मुर्छा पर्दै रोईरहेकी बिमायाको फुपाजु श्याम गुरुङले बताए ।
‘मैले अन्तिम पटक उहाँको अनुहार पनि हेर्न पाईन’ बिमायाकी फुपाजु गुरुङले भने ‘मैले उपचार गराउन नसकेपनि गाउँकै अरुले पैसा उठाएरै भएपनि उपचार गर्न काठमाडौँ लगेका थिए । अब त दाजुले उपचार पाउने भए भनेर हामी सबै खुसी थियौँ’ आँखाको आँसु पुछ्दै उनले थपे ‘दैबको लिला आखिर कस्ले पो जान्दो रहेछर् । के गर्नु, सारै मजाका मान्छे थिए ।’
बाबु छोरीको उपचार गरेर उनीहरुलाई निको बनाएर घर फर्काउने सपना बोकेका देश बिदेशमा रहेका सबै अभियानकर्ता मात्रै नभई अहिले गोठेको पुरै गाउँ स्तब्ध बन्न पुगेको छ ।
‘हामीले चाहेर पनि गोठे अंकललाई बचाउन सकेनौँ’ गोठे गुरुङ्ग बाबु छोरी बचाऊ अभियानकी संयोजक निरुता तामाङले रुँदै भनिन् ‘उनको लामो समयदेखि उपचार नगरेकाले मृगौलाले काम नै नगर्ने र बाथ रोग पनि देखा परेको थियो । हामीले जति खर्च लागेपनि गर्ने प्रयत्न गरेका थियौँ तर डाक्टरहरुको सल्ला अनुसार उपचारबाट केही फाईदा नहुने देखियो ।’ उनले थपिन् ‘डाक्टरको सल्लाह अनुसार बिहान एम्बुलेन्समा हालेर उनलाई घर तिर लैजाँदै थियौँ तर बाटैमा उहाँले प्राण त्याग्नु भयो ।’
गोठेलाई बचाउन नसकेपनि उनकी जेठि छोरीलाई भने अभियानकर्ताहरुले काठमाडौँमा उपचार गराईरहेका छन् । बाबुलाई बचाउन नसकेपनि छोरीको सबै उपचार निरन्तर गरिरहने अभियानकर्ताहरुको भनाई छ ।
http://gandaknews.com/3-apanga/
सम्बन्धित खबर
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)