गोरखा । शहीद लखन थापा गाउँपालिका–६ अँधेरीमा पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । स्थानीय नवराज कुँवरको घर भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय कृष्ण कुँवरले जानकारी दिए ।
पहिरोले बिहान साढे ६ बजेतिर घर भत्किएको हो। घटनामा अन्य दुई जना घाइते भएको उनले बताए । सो गाउँमा अन्य सात घर पनि जोखिममा रहेको गाउँपालिका अध्यक्ष रमेश थापामगरले जानकारी दिए ।
पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले प्रहरीको टोली घटनास्थल पुग्न नसकेको जानकारी दिए । घर भत्किँदा नवराज बाहिर रहेको स्थानीय खोलामा आएको बाढीले उतै रोकिएको स्थानीयले बताएका छन् ।
त्यस्तै घार्चे गाउँपालिका वडा नम्बर ७ खानीबेसीमा पहिरोका कारण छ घर जोखीममा परेको ईलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्ष सुरज कार्कीले जानकारी दिए । ‘यहाँ पहिरोले सात घर जोेखीममा परेको छ’ उनले भने ‘पहिरोका कारण भौतीक क्षती भएपनि अन्य कुनै क्षती भएको छैन् ।’
पहिरोका कारण स्थानीय सुनामी गुरुङ, सुन्दर गुरुङ, करीस्मा गुरुङ, सर्पसिंङ गुरुङ, दिप बहादुर गुरुङ, कमानसिंन गुरुङको घर जोखीममा परेको उनले बताए ।
सम्बन्धित खबर
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो