गोरखा । शहीद लखन थापा गाउँपालिका–६ अँधेरीमा पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । स्थानीय नवराज कुँवरको घर भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय कृष्ण कुँवरले जानकारी दिए ।
पहिरोले बिहान साढे ६ बजेतिर घर भत्किएको हो। घटनामा अन्य दुई जना घाइते भएको उनले बताए । सो गाउँमा अन्य सात घर पनि जोखिममा रहेको गाउँपालिका अध्यक्ष रमेश थापामगरले जानकारी दिए ।
पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले प्रहरीको टोली घटनास्थल पुग्न नसकेको जानकारी दिए । घर भत्किँदा नवराज बाहिर रहेको स्थानीय खोलामा आएको बाढीले उतै रोकिएको स्थानीयले बताएका छन् ।
त्यस्तै घार्चे गाउँपालिका वडा नम्बर ७ खानीबेसीमा पहिरोका कारण छ घर जोखीममा परेको ईलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्ष सुरज कार्कीले जानकारी दिए । ‘यहाँ पहिरोले सात घर जोेखीममा परेको छ’ उनले भने ‘पहिरोका कारण भौतीक क्षती भएपनि अन्य कुनै क्षती भएको छैन् ।’
पहिरोका कारण स्थानीय सुनामी गुरुङ, सुन्दर गुरुङ, करीस्मा गुरुङ, सर्पसिंङ गुरुङ, दिप बहादुर गुरुङ, कमानसिंन गुरुङको घर जोखीममा परेको उनले बताए ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ