पोखरा। सामाजिक संजालमा भ्रमपूर्ण स्टाटस लेखी अराजकता फैलाएको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठकाबारे फेसबुकमा अनर्गल प्रचार गरी व्यक्तिगत सुरक्षामा समेत असर गर्ने खालको झुठ्ठा प्रचार गरेको आरोपमा प्रहरीले स्याङ्गजा जिल्ला आँधीखोला गाउँपालिका-५ ठुलीबराहा स्थायी ठेगाना भएका ३५ वर्षीय सूर्य बहादुर रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो।
रेग्मीले आफ्नो फेसबुकमा “अज्ञात समूहले निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठलाई उनकै निवास अगाडी धारिलो हतियार प्रयोग गरी घाईते बनाएको र उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी” भनेर फोटो सहित पोष्ट गरेका थिए।
Surya Regmi नामको फेसबुक आइडीबाट गत भाद्र २२ गते साँझ उक्त अनर्गल पोष्ट सार्वजनिक भएपछि उक्त व्यक्तिलाई कारबाही गरी पाँउ भनी विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर अन्तर्गत पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए। उनले फेसबुक लाइभमा गुनासाे पनि गरेका थिए ।
पीडित पक्षको जाहेरी पश्चात अनुसन्धानमा जुटेको प्रहरीले उक्त आइडी सूर्य बहादुर रेग्मीले प्रयोग गर्ने गरेको देखिएपछि उनलाई नियन्त्रणमा लिएको हो ।
हाल प्रहरी नियन्त्रणमा रहेका रेग्मी विरुद्ध विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा