पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमितिद्धारा हरितालिका तीजको अवसर पारेर पोखरा–२५ हेम्जा स्थित मानव सेवा आश्रममा रु १५ हजार बराबरको खाद्यन्न (दाल, चामल, नुन, तेल, चाउचाउ) सहयोग हस्तान्तरण गरेका छन् ।
पोखरा फोटोग्राफर संघ महिला उपसमितिले बर्षेनी केही रकम जोहो गरेर विभिन्न असाहाय गरिव तथा असक्तहरुको लागी तीजको अवसर पारेर सहयोग गर्दै आएको महिला उपसमिति संयोजक रिता पौडेलले बताइन् । सहयोग हस्तान्तरण संगै पोखरा फोटोग्राफर संघ अध्यक्ष रामचन्द्र पोख्रेल, संरक्षक गणेश छविले तीजको शुभकामना ब्यक्त गरेका थिए भने मानव सेवा आश्रम हेमजा कार्यलय सचिव सन्जु मोक्तानले सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गरेकी थिइन् ।
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमिति संयोजक रिता पौडेलको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा पोखरा फोटोग्राफर संघ अध्यक्ष रामचन्द्र पोख्रेल, संरक्षक गणेश छवि, उपसमिति पूर्व संयोजक तिर्थ श्रेष्ठ, सान्त्वना पौडेल, ईन्दिरा शर्मा, गोमा आचार्य, मिरु लम्साल, देवु जलारी, बविता पौडेल, नन्दकला पौडेल, अग्नि तिमिल्सिनाको उपस्थिति रहेको थियो । भने कार्यक्रम सञ्चालन पोखरा फोटोग्राफर संघ, पोखरा नेपालका सचिव देवानन्द पोख्रेलले गरेका थिए ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?