चट्याङ लागेर दैलेखमा एक महिलाको मृत्यु, १६ जना घाइते

चट्याङ लागेर दैलेखमा एक महिलाको मृत्यु, १६ जना घाइते

chatyang photo

दैलेख । दैलेखमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।

बिहीबार साँझ चट्याङ लागेर महाबु गाउँपालिका–१ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको हो ।

आआफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर खरिगैराका अन्य १६ जना घाइते भएका हुन् ।

उनीहरुको दैलेख अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर घाइते आठ जनालाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको र एक जनाको दैलेख अस्पतालमा उपचार चलिरहेको छ ।

यस्तै, डुङ्गेश्वर गाउँपालिका–६ लटाली गाउँमा चट्याङ लागेर गम्भीर घाइते भएकी २६ वर्षीया रेखा बुढालाई कर्णाली प्रदेश अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds