पोखरास्थित मणिपाल अस्पताल डाक्टर कुटपिट प्रकरणमा कमाण्ड सम्हाल्न नसकेको भन्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेदप्रकाश जोशीलाई सरुवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जोशीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको पत्र प्राप्त भएको जानकारी दिए ।
अब बैदामको नेतृत्व डीएसपी राजेन्द्र श्रेष्ठले सम्हाल्नेछन् । ‘डीएसपी जोशीको सरुवा भएको हो । प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डीएसपी राजेन्द्र श्रेष्ठसँग परस्पर सरुवा भएको हो ।’ एसपी थापाले भने ।
मणिपाल अस्पताल वडा प्रहरी कार्यालय बगरको कार्यक्षेत्र भित्र पर्ने भएपनि त्यसभन्दा माथिको पोष्टमा रहेका डिएसपी जोशीलाई थप मद्धतका लागि सुरक्षा नेतृत्वको जिम्मा दिइएको थियो । प्रहरीले डाक्टरहरुलाई कुट्नू र इन्सपेक्टरले मनलाग्दी अश्लिल बोल्दै डाक्टर कुटेको बताउनू नै प्रहरीको कमजोरी रह्यो ।
जोशी गत फागुनमा बैदाम प्रहरी प्रमुख आएका थिए । सामान्यतया कार्यअवधि १ वर्षको हुने गरेको छ । उनी आधा समय बाँकी रहँदै सरुवा भएका हुन् । जोशी जिल्ला तानिएको खबरहरु सार्वजनिक भएपनि उनी हेडक्वार्टर नै तानिएका हुन् । जोशी संगठनमा तुलनात्मक रुपमा नम्र प्रहरी अधिकारी मानिन्छन् । उनी गत वर्ष नेपाल प्रताप सुभूषण पदकबाट विभुषित पनि भएका थिए ।
यस्तै, मृतकका आफन्त र चिकित्सकबीच तनावपूर्ण अवस्था भइरहेको बेलामा सुरक्षामा खटिएका बेला ‘डाक्टरलाई साप चुटेर आएँ’ भन्दै आक्रोसित भीडसामू अपशब्द बोल्ने प्रहरी निरीक्षक मदन श्रेष्ठ भने निलम्बनमा परेका छन् ।
सोमबार मणिपाल अस्पतालमा उपचाररत लमजुङकी ५७ वर्षीया सुकमाया दुराको निधन भएको थियो । त्यसपछि दुराका आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भई डाक्टरमाथि कुटपिट भएको थियो । चिकित्सकहरु सेवा नै ठप्प पारी आन्दोलित छन् । मणिपालमा भर्ना भई उपचार गराइरहेका अरु बिरामीहरुको उपचार पनि प्रभावित भएको छ । मणिपाल प्रकरणमा अहिले पनि चिकित्सक र मृतकका आफन्तबीच तनाब कायमै छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला