पोखरा महानगरपालिकाले वडा नं. २६ का १०३ बर्षिय प्रजापति पोखरेललाई महानगर पिताका रुपमा आइतबार सम्मान गरेको छ ।
३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेरपोखरेललाई महानगरपालिकाले १५ हजार नगद सहित, दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो ।
पोखरेललाई सम्मान गर्दै, वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले वडाबासी जेष्ठ नागरिकलाई महानगरपिताका रुपमा सम्मान गर्न पाउँदा गौरव महसुस गरेको उल्लेख गर्दै पिताका ज्ञान र सीपलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए । जीवन शैली, खानपान, रहनसहनले शताब्दीसम्म स्वस्थ भएर बाँच्ने सकिने सन्देश सम्मानित व्यक्ति पोखरेलबाट प्राप्त भएको अध्यक्ष थापाले बताए ।
अध्यक्ष थापाले वडाले बार्षिक रुपमा जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा खाजा एवं सहायता सामाग्री बितरण गर्दै आएको जानकारी दिए । थापाले वडाको भौतिक बिकासमा मात्र नभई सर्वशुलभ रुपले शिक्षा र स्वास्थ्यमा सवै नागरिकको पहुँच हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले महानगरले बार्षिक रुपमा नगरपिता र नगरमाताको रुपमा जेष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताईन् । उनले यसपटक जेष्ठ नागरिकको घरदैलोमा पुगेर महानगर पिता र मातालाई सम्मान गरिएको बताइन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं ४ का निर्वतमान वडाध्यक्ष शंकर बास्तोला, वडा नंं २६ का वडा सदस्य तिर्थबहादुर राजभाट, जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगाना, लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेना, उज्वल आमा समूहका अध्यक्ष सरस्वती गौतम, महानगरपालिका महिला विकास शाखाका अधिकृत विष्णु पौडेल, सम्मानित व्यक्तित्व पोखरेलका नाती डा. रञ्जन पोखरेल लगायतले बोलेका थिए ।
सम्मानित परिवारले महानगरपालिकाबाट प्राप्त नगद १५ हजारमा ५ हजार १ सय ४ रुपैया थप गरी पोखरा महानगरपालिका वडा नं. २६ सक्नेरीमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्रदान गरेका छन् । महानगर पिताका रुपमा सम्मानित पोखरेलका चार छोरा, तीन छोरीबाट समेत गरी ५२ सन्तान रहेका छन् ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ